कांग्रेस नेता शेखर कोइरालाले फौजदारी मुद्दा लागेका व्यक्तिलाई राजनीतिक मुद्दा भनेर छुट दिँदा अन्तर्राष्ट्रियस्तरमा देशको छवि धुमिल हुने टिप्पणी गरेका छन्।
काठमाडौँ– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भ्रष्टाचारमा शून्य सहनशीलता नअपनाए नेपाली कांग्रेसको औचित्य समाप्त हुने बताएका छन्।
मंगलबार काठमाडौँमा आयोजित वर्तमान राजनीतिक चुनौतीहरू र नेपाली कांग्रेसको दायित्व विषयक विचार गोष्ठीमा बोल्दै उनले देशलाई भ्रष्टाचारले चारैतिरबाट गाँजेको बताएका हुन्। उनले जता हेर्यो त्यतै भ्रष्टाचार भएको देखिने गरेको भन्दै भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउनुपर्ने बताए।
“भ्रष्टाचारले देशलाई चारैतिर अत्यन्त गम्भीर तरिकाले गाँजिएको मैले पाइराखेको छु। जता हेर्यो, जसरी हेर्यो, जहाँ हेर्यो त्यहीँ भ्रष्टाचार देखिन्छ। यो केन्द्रीय समिति पछिको नेपाली कांग्रेस भ्रष्टाचारमा शून्य सहनशीलताको हिसाबले हामी अगाडि बढ्नै पर्छ। नत्र भने नेपाली कांग्रेसको औचित्य समाप्त हुन्छ,” उनले भने।
नेता कोइरालाले राज्यले नै दण्डहीनतालाई बढाउने प्रयास गरिराखेको टिप्पणी गरे। उनले फौजदारी मुद्दा लागेका व्यक्तिलाई राजनीतिक मुद्दा भनेर छुट दिन लागिएको भन्दै यस्ता कुराले देशको छवि अन्तर्राष्ट्रियस्तरमा धुमिल बनाएको बताए।
“हुँदाहुँदै कानून नै हामीहरू यस्तो बनाउन खोज्दै छौँ, जुन कानून फौजदारी मुद्दाबाट फैसला भइसकेका व्यक्तिहरूलाई पनि राजनीतिक मुद्दा भनेर छुट दिने। यस्ता कुराहरूले हामीहरूको छवि, भ्रष्टाचार र दण्डहीनताले गर्दा अन्तर्राष्ट्रिय समुदायमा पनि नेपालको छवि अत्यन्त धुमलिएर गएको मैले पाइराखेको छु। भुटानी शरणार्थीको कुरा गर्दा त अन्तर्राष्ट्रिय समुदायमा हामीहरूले आफ्नो अनुहार कसरी देखाउने?” उनले भने।
उनले कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकपछि पार्टीलाई विधि र विधानसम्मत रूपमा चलाउने विश्वास पनि व्यक्त गरे। “यो कुराहरूलाई शून्य सहनशीलताको रूप लिएर नेपाली कांग्रेस यो केन्द्रीय समितिपछि पक्कै पनि हामीहरू अगाडि बढ्छौँ भन्ने कुरा तपाईंहरूको माझ राख्न चाहन्छु” उनले भने।
उपसभापति र महामन्त्रीहरू सामूहिक रूपमा अगाडि बढ्नुपर्छ: चन्द्र भण्डारी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्रकान्त भण्डारीले विगतमा संस्थापनइतर समूहबाट निर्वाचित भएका उपसभापति र महामन्त्रीहरू सामूहिक रूपमा अगाडि बढ्नुपर्ने बताएका छन्।
सोही विचार गोष्ठीमा बोल्दै उनले उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा लगायतका नेताहरू सामूहिक रूपमा अगाडि बढाउनुपर्ने जोड दिए।
उनले पार्टी सभापति शेरबहादुर देउवा ८० वर्ष पुग्न लागेको भन्दै अब पार्टीको नेतृत्व उपसभापति र महामन्त्रीहरूले लिनुपर्ने बताए। उनले उपसभापति र महामन्त्रीहरूका बीचमा बैठक राख्ने र अजेन्डा तय गरेर सँगै हिँड्न आग्रह गरे। उनले केन्द्रीय समितिमा संस्थापनइतर समूहका नेताहरूलाई थप्न नसकेको भन्दै आफ्ना समूहका साथीहरूलाई सदस्य बनाउन नसक्नेले अरूको प्रतिनिधित्व गर्न नसक्ने बताए।
उनले टिम बनाएर अगाडि बढ्न नेतृत्वलाई आग्रह गरे। टिम बनाएर अगाडि बढेमा युवाहरूलाई स्वागत गर्न समयले पर्खिरहेको उनको भनाइ थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
