स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिहरू पनि औषधि पसलहरूले बिक्रीका लागि राखेको भेटिएको बताए।
काठमाडौँ– फार्मेसीले औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिहरू बिक्रीमा राख्ने गरेको भेटिएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको अनुगमनका क्रममा दर्ता नभएका औषधि बिक्रीमा राखेको भेटिएको हो।
स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिहरू पनि औषधि पसलहरूले बिक्रीका लागि राखेको भेटिएको बताए। औषधि पसलहरू मापदण्ड विपरीत चलेको गुनासो आएपछि स्वास्थ्य मन्त्रालयले देशभरका औषधि पसलहरूको अनुगमन शुरू गरेको छ।
२० वटा समूह बनाएर स्वास्थ्य मन्त्रालयले काठमाडौँ, भक्तपुर र ललितपुरका औषधि पसलहरूको अनुगमन गर्दा केही औषधि पसलहरू मापदण्ड विपरीत सञ्चालन भएको पाइएको वरिष्ठ जनस्वास्थ्य अधिकृत मिश्रले बताए। उनका अनुसार अनुगमनका क्रममा केही फार्मेसीको दर्ता प्रमाणपत्र नवीकरण नभएको, दर्ता नभएका औषधि बिक्रीमा राखेको भेटिएको छ।
“विभागमा दर्ता नभएका औषधिहरू पनि फार्मेसीमा राखिएको देखियो। त्यसता औषधिहरू स्याम्पलसहित फिर्ता लिएका छौँ। जसको नाममा औषधि पसल दर्ता भएको छ, उहाँ फर्मासिस्ट अनुपस्थित रहेको पाइयो,” उनले भने, “केही औषधि पसलमा कस्मेटिक औषधि पनि बिक्री वितरणका लागि राखेको पाइयो। त्यो हटाउन लगाएका छौँ।”
उनले केही औषधि पसलमा सञ्चालक र फर्मासिस्ट नभएको देखिएकाले उनीहरूलाई समय दिएर औषधि व्यवस्था विभागमा उपस्थित हुन निर्देशन दिइएको बताए।
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले औषधि क्षेत्रमा विकृति आएको गुनासो प्राप्त भएपछि अनुगमन गरेको बताए। फार्मासिस्टभन्दा फार्मेसीहरू झन्डै तेब्बर रूपमा सञ्चालन भएका कारण पनि औषधि क्षेत्रमा समस्या रहेको उनको भनाइ छ।
“कतिपय फार्मेसी स्वीकृत बिना सञ्चालन भइरहेको भन्ने गुनासो आएको छ। फार्मेसीमा परिवारका सदस्यहरूलाई राख्ने गरेको समेत गुनासो प्राप्त भएको छ,” उनले भने।
उनले औषधि बिक्री वितरणमा अराजक स्थिति सिर्जना भएको, हाई डोजका औषधिहरू बिक्री हुने गरेको, औषधि पनि गलत तरिकाले वितरण हुन थालेको, एन्टिबायोटिक औषधि चिकित्सकको प्रेष्कृप्सनबिना बिक्री हुने गरेको गुनासो आएको उनको भनाइ थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
