नेपाली कम्युनिस्ट आन्दोलनले बीपीलाई समयमा चिन्न नसक्दा देशले ठूलो क्षति बेहोर्नुपरेको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा बताउँछन्।
काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विश्वेश्वरप्रसाद कोइरालाको विचार र चिन्तनको जगमा कांग्रेसलाई अगाडि बढाउने बताएका छन्।
बीपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा ‘प्रजातान्त्रिक विचार समाज’ले शनिबार आयोजना गरेको ‘आजका सन्दर्भमा बीपीका विचार’ विषयक विचार गोष्ठीमा उनले बीपीको विचार र चिन्तनलाई समावेश गरेर कांग्रेस केन्द्रीय समिति अगाडि बढ्ने बताए। “लोकतान्त्रिक प्रतिनिधिका रूपमा हामीले बीपीलाई चिन्नुपर्छ, बीपी दूरदर्शी र परिपक्व नेता हुनुहुन्थ्यो, बिपी कोइरालाको विचारलाई कांग्रेसले छाडेको छैन,” महामन्त्री शर्माले भने।
नेपालको कम्युनिस्ट आन्दोलनले बीपीलाई समयमा चिन्न नसकेको उनले गुनासो गरे। “बीपीलाई कम्युनिस्ट आन्दोलनले चिन्न नसक्दा झापा आन्दोलन र माओवादी आन्दोलन भयो, उक्त आन्दोलनका कारण देशले ठूलो क्षति बेहोर्नुपर्यो,” महामन्त्री शर्माले भने।
मुलुकभर ३२९ स्थानीय तहको नेतृत्व गरेको कांग्रेसले चार प्रदेश सरकारको समेत नेतृत्व गरेकाले अब राम्रो काम गरेर आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने वातावरण बनाउन जुट्नुपर्ने उनको भनाइ थियो। “हामीले २०८४ सालको निर्वाचनको चिन्ता गर्ने होइन, अहिलेको चिन्ता गर्ने हो, राम्रो काम गर्ने हो, संगठनलाई बलियो बनाउने हो,” महामन्त्री शर्माले भने।
प्रजातान्त्रिक विचार समाजका अध्यक्ष एवं वरिष्ठ पत्रकार कुलचन्द्र वाग्लेले प्रजातन्त्र बलियो भए मात्र देश बलियो हुने भएकाले प्रजातन्त्र बलियो बनाउन कांग्रेस लाग्नुपर्ने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
