महिला विश्वकपमा डेब्यू गरेको आयरल्यान्डमाथि जित हासिल गर्न कप्तान स्टेफनी क्याटलीले गरेको गोल निर्णायक बन्यो।
काठमाडौँ– आयोजक अस्ट्रेलियाले फिफा महिला विश्वकपमा विजयी शुरूआत गरेको छ। सिड्नीस्थित एकर रंगशालामा बिहीबार सम्पन्न खेलमा घरेलु टोली अस्ट्रेलियाले रिपब्लिक अफ आयरल्यान्डमाथि १–० गोल अन्तरको जित हासिल गरेको हो।
महिला विश्वकपमा डेब्यू गरेको आयरल्यान्डमाथि जित हासिल गर्न कप्तान स्टेफनी क्याटलीले गरेको गोल निर्णायक बन्यो। उनले खेलको ५२औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेकी हुन्।
कोनी क्रसको पासलाई नियन्त्रण लिने प्रयास गर्दा आयरल्यान्डकी मारिसा सेभाले पेनाल्टी बक्समा हेली रासोलाई लडाएकी थिइन्। त्यसपछि अस्ट्रेलियाले पेनाल्टीको अवसर पाएको थियो। अस्ट्रेलिया पछिल्लो समय शानदार लयमा रहेको छ। फेब्रुअरीमा भएको कप अफ नेसन्समा अस्ट्रेलिया अपराजित रह्यो। अप्रिलमा अस्ट्रेलियाले ३० खेलमा अविजित रहेको इंग्ल्यान्डमाथि जित हासिल गरेको थियो।
जितसँगै समूह ‘बी’ को अस्ट्रेलियाले तीन अंक जोडेको छ। बिहीबार नै सम्पन्न उद्घाटन खेलमा अर्को आयोजक न्यूजिल्यान्डले नर्वेलाई १-० गोल अन्तरले पराजित गरेको छ। घरेलु मैदान अकल्यान्डस्थित इडेन पार्कमा बिहीबार सम्पन्न उद्घाटन खेलमा न्यूजिल्यान्डले नर्वेलाई १-० गोल अन्तरले पराजित गरेको हो। न्युजिल्यान्डको जितमा हन्ना विलिकिन्सनले निर्णायक गोल गरिन्।
उनले खेलको ४८औँ मिनेटमा गोल गरेकी थिइन्। शुक्रबार तीन खेल हुने छ। नाइजेरियाले क्यानडा, फिलिपिन्सले स्वीट्जरल्यान्ड तथा स्पेनले कोस्टारिकासँग खेल्ने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
