स्वास्थ्य अधिकारीहरूले जलवायु परिवर्तनका कारण विश्व तापमानमा वृद्धि भइरहेको बताउँदै प्रशस्त पानीको सेवन गर्न र घामको प्रत्यक्ष सम्पर्कबाट सुरक्षित रहन आग्रह गरेका छन्।
उत्तरी गोलार्धका देशहरू बढ्दो तापक्रमबाट आक्रान्त भइरहेका बेला विश्वले अझै तीव्र गर्मीको सामना गर्न तयार रहनुपर्ने संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ।
राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठन (डब्लूएमओ)को विश्व तापमान वृद्धि मामिला वरिष्ठ सल्लाहकार जोन नायरनले गर्मी अझ बढ्ने बताएका हुन्। उनले जेनेभामा पत्रकारहरूसँग भने, “यी घटना तीव्रतामा बढ्दै जानेछन् र विश्वले थप तीव्र गर्मीको लागि तयारी गर्न आवश्यक छ।”
उत्तरी गोलार्धमा थप उच्च तापक्रमको सामना गरिरहेको बेला भीषण गर्मी र डढेलोका कारण ग्रीसको समुद्री किनारको रिसोर्टनजिकै रहेका एक हजार २०० बालबालिकालाई मंगलबार सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपरेको यूरोपले जनाएको छ।
स्वास्थ्य अधिकारीहरूले उत्तरी अमेरिकादेखि युरोप र एशियासम्मका मानिसलाई जलवायु परिवर्तनका कारण विश्व तापमानमा वृद्धि भइरहेको बताउँदै प्रशस्त पानीको सेवन गर्न र घामको प्रत्यक्ष सम्पर्कबाट सुरक्षित रहन आग्रह गरेका छन्।
नायरनका अनुसार गर्मीको प्रकोप सबैभन्दा घातक प्राकृतिक खतरामध्ये एक हो र प्रत्येक वर्ष हजारौँ मानिसले रोकथाम गर्न सकिने गर्मीसँग सम्बन्धित कारणले ज्यान गुमाइरहेका छन्।
बढ्दो शहरीकरण, उच्च तापक्रमको चरम सीमामा वृद्धि र वृद्ध जनसंख्या भएका देशमा जनसांख्यिकीय परिवर्तनका कारण तीव्र गतिमा बढ्दै गएको स्वास्थ्य जोखिम गर्मी हो।
नायरनका अनुसार सन् १९८० को दशकयता उत्तरी गोलार्धमा एक्कासि गमी बढ्ने क्रम छ गुणाले बढेको छ। “यो प्रवृत्ति घट्ने कुनै संकेत देखिएको छैन,” उनले भने।
गत हप्ता डब्लूएमओले अत्यधिक गर्मीको चेतावनी र परामर्शले अमेरिकामा १० करोडभन्दा बढी मानिसलाई समेटेको बताएको थियो।
युरोपियन स्पेस एजेन्सीले इटालीको सिसिली र सार्डिनिया टापुमा तापक्रम ४८ डिग्री सेल्सियस पुग्ने अनुमान गरेको छ।
संयुक्त राष्ट्रसंघीय मौसम निकायका अनुसार सन् २०२१ मा सिसिलीमा सबैभन्दा उच्च ४८.८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
