यसवर्ष थप एकसहित १३ विधामा अवार्ड प्रदान गरिने आयोजकले बताएका छन्। अवार्ड विजेताले सहुलियतपूर्ण ऋण सुविधा र लगानीको अवसरसमेत प्राप्त गर्नेछन्।
काठमाडौँ– आईसीटी अवार्ड–२०२३ का लागि अनलाइन आवेदन खुल्ला भएको छ।
'लिभिङ विथ आईसीटी'ले हरेकवर्ष आयोजना गर्दै आइरहेको आइसिटी अवार्डका लागि सोमबारदेखि आवेदन खुलाएको हो। यसवर्ष थप एकसहित १३ विधामा अवार्ड प्रदान गरिने आयोजकले बताएका छन्।
प्रोफेसनल एक्सिलेन्स आईसीटी अवार्ड थप गरिएको छ। यसवर्ष सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई सम्मान गर्नेगरी ‘प्रोभिन्स स्टार्टअप आइसीटी रिकग्निसन’ पनि शुरू गरिएको छ।
यीबाहेक यसवर्ष स्टार्टअप तथा इन्नोभेसनअन्तर्गत स्टार्टअप अवार्ड, प्रडक्ट अवार्ड, राइजिङ स्टार एन्ड इन्नोभेसन अवार्डलगायत विधा रहेका छन्।
व्यत्तिगत योगदान आधारमा प्रदान गरिने प्रोफेसनल एक्सिलेन्स, पायोनियर, इन्टरप्रेनर्स, वुमन आइकन र नेपाली डायस्पोरा अवार्डका लागि पनि आवेदन खुल्ला गरिएको छ।
यसैगरी, सस्थागत विधामा डिजिटल एजुकेशन (सार्वजनिक क्षेत्र), डिजिटल एजुकेशन (निजी क्षेत्र), डिजिटल गभर्नेन्स र डिजिटल सर्भिसेस अवार्डका विधा रहेका छन्। साउन ३१ गतेसम्म अनलाइनबाट नोमिनेशन दर्ता गर्न सकिने आयोजक समितिका अध्यक्ष राजन लम्सालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
अवार्ड विजेताले विशिष्ट सम्मानसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीबाट विभिन्न सेवा र सुविधा प्राप्त गर्नेछन्। स्टार्टअप विधाका विजेताले सहुलियतपूर्ण ऋण सुविधा र लगानीको अवसरसमेत प्राप्त गर्नेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
