जंगली च्याउ खाँदा लुंग्री गाउँपालिका–५ कालापोखराका आमा र दुई छोराको मृत्यु भएको छ। च्याउ खाएर बिरामी परेका लुंग्रीकै विभिन्न ठाउँका ११ जनाको अहिले पनि उपचार भइरहेको छ।
रोल्पा– जंगली च्याउ खाँदा रोल्पाको लुंग्री गाउँपालिका–५ कालापोखरामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा आमा र दुई छोरा छन्।
मृत्यु हुनेमा ३३ वर्षिया भीमा गुरुङ, ११ वर्षिय सुशिल गुरुङ र ६ वर्षिय प्रेम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। जंगली च्याउ खाएपछि उनीहरू बिरामी परेका थिए।
प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा भर्ना गरिएका उनीहरूलाई त्यहाँबाट लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो। बुटवलमा उपचारको क्रममा उनीहरू मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश भुसालले जानकारी दिए।
बिरामी भएकामध्ये प्रेम गुरुङको असार २८ गते मृत्यु भएको थियो। अस्पतालको आईसीयूमा राखी उपचार गरिरहेका सुशीलको आइतबार र आमा भीमाको सोमबार मृत्यु भएको भुसालले जानकारी दिए।
जंगली च्याउ खाँदा लुंग्री–५ बुझिङका थप पाँच जना बिरामी परेको प्रहरीले जनाएको छ। बिरामी हुनेमा विमला विक (२६), दिल्कु विक (२४), रितु विक (२३) र रोशनी विक (७) छन्। प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचाररत उनीहरू सबैको अवस्था सामान्य छ।
यसैगरी, जंगली च्याउ खाएर गत असार २८ गते लुंग्री–१ माद्धर का ६ जना बिरामी परेका थिए। उनीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर भर्ना गरिएको थियो। प्राथमिक स्वास्थ्य केन्द्रले सबैलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रेफर गरेको थियो। । उनीहरुको स्वास्थ्य अवस्थामा सुधार भइरहेको बताइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
