सहायक विदेशमन्त्री लुले विकासका आकांक्षा पूरा गर्ने सन्दर्भमा पुरानो विकास साझेदारको नाताले नेपाललाई अमेरिकाको सहयोग निरन्तर रहने प्रतिबद्धता जनाए।
काठमाडौँ– अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले अमेरिकी अनुदान सहायता परियोजना एमसीसी कार्यान्वयनको अवस्थाबारे चासो व्यक्त गरेका छन्। परराष्ट्रमन्त्री एनपी साउदसँग शुक्रबार अपराह्न मन्त्रालयमा भएको भेटवार्ताका क्रममा लुले एमसीसी कार्यान्वयनको अवस्थाबारे चासो दिँदै परियोजनाका विषयमा चर्चा गरेका हुन्।
परराष्ट्रमन्त्री साउद र सहायक मन्त्री लुबीचको भेटमा सन् २०२६ मा नेपाल अल्पविकसित मुलुकहरूको सूचीबाट स्तरोन्नति र सोपश्चात् पनि अमेरिकाबाट नेपाललाई प्राप्त हुने सहयोगको निरन्तरता र बढोत्तरीका साथै दुवै मुलुकबीचको द्विपक्षीय हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्रमन्त्री साउदले सहायक मन्त्री लुलाई अमेरिकाबाट प्राप्त नियमित सहयोग र कोभिड–१९ को संकटको समयमा प्राप्त भएको विशेष सहयोगका लागि कृतज्ञता व्यक्त गरेका थिए। सहायक विदेशमन्त्री लुले विकासका आकांक्षा पूरा गर्ने सन्दर्भमा पुरानो विकास साझेदारको नाताले नेपाललाई अमेरिकाको सहयोग निरन्तर रहने प्रतिबद्धता जनाए।

भेटका क्रममा उनले अमेरिकामा ठूलो संख्यामा रहेको नेपाली समुदायले अमेरिकी अर्थतन्त्रमा पुर्याएको योगदान र हासिल गरेको प्रगतिको प्रशंसा गरे। दुई देशको बीचको लामो मित्रवत् सम्बन्धको परिप्रेक्ष्यमा उच्चस्तरीय भ्रमणको आदान–प्रदानको महत्त्वबारे समेत भेटवार्ताका क्रममा चर्चा भएको थियो।
अमेरिकी विदेश मन्त्रालयको मध्य तथा दक्षिण एशियासम्बन्धी मामला हेर्ने सहायक विदेशमन्त्री लु दक्षिण एशियाली मुलुकको भ्रमणका क्रममा शुक्रबार बिहान काठमाडौँ आइपुगेका हुन्। अमेरिकी दूतावासका अनुसार लुले नेपाल बसाइँका क्रममा सरकारको नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेटवार्ता गर्ने, दूतावासका कर्मचारी र अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग छलफल गर्ने कार्यक्रम छ। उनी यसअघि एमसीसी सम्झौतालाई संसद्बाट अनुमोदन गराउने क्रममा २०७८ मंसिरमा नेपाल आएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
