पर्यटनमन्त्री सुदन किरातीले छानबिन समिति बनाएर मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गरिने बताए।
धनुषा– सोलुखुम्बुबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न सरकारले छानबिन समिति बनाउने भएको छ। मंगलबार जनकपुरधाममा आयोजित नेपाल विद्यापति मैथिली पुरस्कार अर्पण समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किरातीले यस्तो बताएका हुन्।
मंगलबार बिहान सोलुखुम्बुबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिकेमा दुर्घटना हुँदा उत्तर अमेरिकी मुलुक मेक्सिकोका पाँच जना यात्रु र एक नेपाली पाइलटको मृत्यु भएको बताइएको छ।
मन्त्री किरातीले आफू जनकपुरबाट फर्किएपछि सके मंगलबार, नभए बुधबारसम्ममा छानबिन समिति बनाएर मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गरिने बताए। उनले सरकारले पहिलो दिनबाटै सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै सरकार नागरिकको सुरक्षामा काम गरिरहेको उल्लेख गरे।
“हामीले डे वान देखि नै सेफ्टी फर्स्ट भनेर यही नारा उच्चारण गरेका छौँ। सेफ्टीमा कुनै सम्झौता हुँदैन। दुर्घटना नहोस् भनेर नै हामीले सेफ्टी फर्स्ट भनेका छौँ, हाम्रो पहिलो शर्त सुरक्षा हो। हामी छलफल बहसमा नै छौँ, कसरी सेफ्टीलाई उठाउन सकिन्छ भनेर छलफलमा छौँ। अब छानबिन समिति बन्छ, हामी गएर बनाउँछौँ। भोलिसम्ममा गठन हुन्छ,” उनले भने।
सञ्चारकर्मीहरूको फरक प्रश्नमा मन्त्री किरातीले वर्तमान गठबन्धन सरकार आलोपालो गरेर सम्झौताअनुसार पाँच वर्ष नै टिक्ने दाबी गरे। उनले सरकार छोडेर भाग्ने सुविधा कसैलाई नरहेको जिकिर गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
