रसुवाको उत्तरतर्फ पर्ने हिमाली क्षेत्रमा डेंगीका एक बिरामी फेला परेका छन्। अहिले जिल्ला अस्पताल धुन्चेमा उनको उपचार भइरहेको छ।
रसुवा- हिमाली क्षेत्र पर्ने उत्तरी रसुवाको भू–भागमा समेत डेंगीका बिरामी फेला परेका छन्। ती बिरामीको हाल जिल्ला अस्पताल धुन्चेमा उपचार भइराखेको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अमितकुमार शाहले एकजना डेंगीका बिरामीलाई अस्पतालको अन्तरंग कक्षमा राखी उपचार गरिरहेको जानकारी दिए। समुद्र सतहदेखि २ हजार मिटरको उचाइमा डेंगी रोगका बिरामी फेला परेपछि जिल्ला अस्पतालले लामखुट्टेप्रति सावधानी रहन अनुरोध गरेको छ।
मेडिकल सुपरिटेन्डेन्ट डा. शाहले डेंगी सार्ने लामखुट्टे बिहान सूर्योदयभन्दा अगाडि र साँझ सूर्योदयभन्दा पछाडि थोरै समय सक्रिय रहने भएकाले सो समयमा बढी सावधानी अपनाउनु पर्ने बताए। उनले घरआँगन छेउका गोरेटो घोडेटोलगायतमा पैदल वा सडक मार्ग सफा राख्न र पानी जम्ने स्थान माटोले पुरी पानीका भाडा छोपेर राख्न आग्रहसमेत गरेका छन्।
यस्तै जिल्ला अस्पताल धुञ्चेले आइतबारदेखि थप व्यवस्थित गर्दै ‘ओपीडी सेवा’ सञ्चालनमा ल्याएको छ। अस्पताल छेउमा रहेको पुरानो भवनलाई सदुपयोग गर्दै व्यवस्थित तवरको ओपीडी सेवा सञ्चालनमा ल्याएको हो। छुट्टै स्थानबाट शुरू ओपीडी सेवाको गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले शुभारम्भ गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
