शुक्रबार साँझ हृदयघात भएपछि उपचारका लागि लुम्बिनी मेडिकल कलेज लगिएको थियो। लगत्तै अस्पतालले मृत घोषणा गरेको पारिवारिक स्रोतले जनाएको छ।
रामपुर– एकीकृत समाजवादी पाल्पाका अध्यक्ष खिमानन्द पाण्डेय (कमल)को मृत्यु भएको छ।
बगनासकाली गाउँपालिका–१ पिप्लेस्थित घरबाट उपचारका लागि लुम्बिनी मेडिकल कलेज लैजाने क्रममा मृत्यु भएको हो।
शुक्रबार साँझ ६ः४५ मा हृदयघात भएपछि उपचारका लागि लुम्बिनी मेडिकल कलेज लगिएकामा ६ः४५ बजे अस्पतालले मृत्यु घोषणा गरेको पारिवारिक स्रोतले जनाएको छ।
मृतक पाण्डेयको दुई छोरा र श्रीमती छन्। उनका २६ वर्षीय छोराको पनि गत वर्ष हृदयघाटबाटै मृत्यु भएको थियो। एमाले जिल्ला उपसचिव भइसकेका पाण्डेय पाल्पामा सरल र स्वच्छ छवि बनाएका नेतामा रूपमा चिनिन्छन्।
उनी गत वर्ष स्थानीय तहको निर्वाचनमा बगनासकाली गाउँपालिकामा उपाध्यक्षको उम्मेदवार बनेका थिए।
शनिबार बिहान कालीगण्डकी नदीको राम्दीघाटमा पाण्डेयको अन्त्येष्टि गरिँदैछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
