एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्री दाहाललाई स्पष्टीकरणको मौकासमेत नदिई राजीनामा मागेर एमालेले गलत काम गरेको बताए।
काठमाडौँ– सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले नेकपा एमालेले स्पष्टीकरणको मौका नदिई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरेर गलत गरेको टिप्पणी गरेका छन्।
शनिबार समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले एमाले प्रधानमन्त्री दाहाललाई स्पष्टीकरणको मौकासमेत नदिई राजीनामा मागेर फसेको दाबी गरे।
“संसद्मा उहाँहरूले कुरा उठाउन सक्नुहुन्थ्यो। के बोलेको हो तपाईंले भनेर प्रधानमन्त्रीसँग क्लियरिफिकेसन माग्न सकिन्थ्यो,” उनले भने, “तर उहाँहरूले पहिल्यै राजीनामा माग्नु भयो। मलाई लाग्छ– एमाले पार्टी फस्यो, संसदीय मोर्चामा। यो गलत काम हो।” उनले एमालेले असंसदीय व्यवहार देखायो आरोप लगाए।
उपाध्यक्ष पाण्डेले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री दाहालले राजीनामा दिन नपर्ने निर्णय गरिसकेको समेत स्मरण गराए। “गठबन्धनबाट सरकारमा सामेल भएका सबै दलहरू बालुवाटारमा अस्ति नै बसेको बैठकमा राजीनामा गर्नुपर्दैन भनेर निर्णय भएको हो,” उनले भने।
एमालेले भारतीय नागरिक प्रितम सिंहबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री दाहालको राजीनामा माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आएको छ। सत्ता गठबन्धनले भने सिंहबारेको अभिव्यक्तिकै आधारमा प्रधानमन्त्री दाहालले राजीनामा दिन नपर्ने निर्णय गरेको छ।
त्यस्तै, माओवादी केन्द्र र प्रधानमन्त्रीको सचिवालयले पनि एमालेको विरोधप्रति ध्यानाकर्षण जनाउँदै प्रतिपक्षले प्रधानमन्त्रीको सदाशयतालाई दुराशयमा बदल्न खोजेको आरोप लगाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
