कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा राति पनि मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ।
काठमाडौँ– मनसुनी वायुको प्रभावले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ।
लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी र सुदूरपश्चिममा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। बाँकी स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ।
कोशी र मधेश प्रदेशस्थित तराईका थोरै स्थानमा हावाहुरीसमेत चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैगरी, राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुनेछ।
महाशाखाका अनुसार तराई भूभागमा राति पनि हावाहुरीको चल्ने सम्भावना छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
