झट्ट हेर्दा थ्रेड्स धेरै हिसाबमा ट्विटर समान देखिन्छ। प्रयोगकर्ताले सन्देशहरू स्क्रोलिङ फिडमा पोस्ट गर्न सक्छन्, जहाँ उनीहरूलाई फलो गर्ने र उनीहरूले फलो गर्ने व्यक्तिले जवाफ दिन सक्छन्।
मार्क जुकरबर्गले ट्विटरसँग प्रतिस्पर्धा गर्न ‘थ्रेड्स’ नामक एप सञ्चालनमा ल्याएका छन्। अमेरिकी समय अनुसार बुधबार साँझबाट प्रयोगकर्ता माझ सार्वजनिक भएको थ्रेड्स इन्स्टाग्राममार्फत चलाउन सकिन्छ।
ट्विटर भएको पछिल्लो परीक्षण र परिवर्तनपछि मेटाले उक्त माइक्रो ब्लगिङ साइट ल्याउने घोषणा गरेको थियो।
झट्ट हेर्दा थ्रेड्स धेरै हिसाबमा ट्विटर समान देखिन्छ। प्रयोगकर्ताले प्रायः अक्षरमा सन्देशहरू स्क्रोलिङ फिडमा पोस्ट गर्न सक्छन्, जहाँ उनीहरूलाई फलो गर्ने र उनीहरूले फलो गर्ने व्यक्तिले जवाफ दिन सक्छन्। यस एपमा फोटो वा भिडियो पनि पोस्ट गर्न सक्छन्।
तर, यसले हाल ट्विटरले जस्तो प्रत्यक्ष सन्देश (डाइरेक्ट मेसेजिङ) सुविधा दिएको छैन। इन्स्टाग्रामका अनुसार प्रयोगकर्ताले चाहेको खण्डमा अरू सुविधा विस्तार गर्न सकिनेछ।
बुधबार आफ्नो थ्रेड्स खातामा पोस्ट गर्दै जुकरबर्गले भनेका छन्, “मलाई लाग्छ एक अर्ब मानिसले सार्वजनिक रूपमा कुराकानी गर्न मिल्ने एप हुनुपर्छ। ट्विटरसँग यस्तो मौका थियो, तर पूर्ण सदुपयोग गर्न सकेन। आशा छ त्यो अभाव हामीले पूरा गर्नेछौँ।” उनका अनुसार थ्रेड्सको शुरूआती चार घण्टा भित्र पाँच मिलियन ‘साइनअप’ भएका थिए।
एलन मस्कले ट्विटर अधिग्रहण गरेपछी ‘एल्गोरिदम’ परिवर्तनलगायत लगातार विभिन्न परीक्षण गर्दै आएका छन्। जसमध्ये पछिल्लो हप्ता प्रयोगकर्ताले हेर्न मिल्ने पोस्टको संख्यामा सीमा तोकिदिएपछि धेरै जना रुष्ट भएका थिए।
न्युयोर्क टाइम्समा प्रकाशित रिपोर्ट अनुसार इन्स्टाग्रामका संचालकले सोचेअनुरूप व्यवस्थापन गर्नसके थ्रेड्सले माइक्रो ब्लगिङको दुनियाँमा एकछत्र राज गर्दै आएको ट्विटरलाई प्रतिस्थापन गर्नसक्ने विश्लेषकले बताएका छन्।
पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सञ्चालनमा ल्याएको ट्रुथ सोशल, मासटोडोनलगायत अरू टेक कम्पनीले आआफ्नै एप विकसित गरे पनि अरू कुनै माइक्रो ब्लगिङ साइटले प्रयोगकर्ताले चाहेजस्तो गति लिन सकेको थिएन। ट्विटरको खस्किँदो लोकप्रियता र बजारमा उस्तै अर्को प्रयोगकर्ता मैत्री एप अभावबीच थ्रेड्सले निकै उत्सुकता जगाएको छ।
अर्कातर्फ, मस्कले भने आफू थ्रेड्सबाट प्रभावित नभएको र आफ्नो इन्स्टाग्राम खाता रद्द गरेको दाबी गरेका छन्। उनले ट्विटरमा लेखेका छन्, “इन्स्टाग्राममा दुस्ख लुकाएर देखाउने झूटो खुशीमा लिप्त हुनुभन्दा ट्विटरमा अपरिचित व्यक्तिको आक्रमणमा पर्नु नै बेस छ।”
उकालोलाई थ्रेड्समा पनि 'फलो' गर्नसक्नु हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
