पृथ्वी र सूर्यको सालाखाला दुरी १५ करोड किलोमिटर छ। पृथ्वी सूर्यबाट सबभन्दा टाढाको बिन्दुमा पुगेको समय (असार/साउनमा) नै अत्यधिक बढी गर्मी हुन्छ।
काठमाडौँ– आज (असार २१ गते) पृथ्वी सूर्यबाट सबैभन्दा टाढा हुने भएकाले दिन लामो र गर्मी अत्यधिक हुने खगोलविद्ले बताएका छन्।
पृथ्वीको सूर्यको वरीपरी घुम्ने परिभ्रमण पथ (कक्ष) अण्डाकार रहेकाले पृथ्वी वर्षमा एक पटक सूर्यको सबभन्दा टाढा पुग्ने गर्दछ। बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माका अनुसार पृथ्वी र सूर्यको सालाखाला दुरी १५ करोड किलोमिटर छ र पृथ्वीको अण्डाकार पथले गर्दा दुरीमा परिवर्तन भइरहन्छ।
“तर, अनौठो कुरा के छ भने पृथ्वी सूर्यबाट सबभन्दा टाढाको बिन्दुमा पुगेको समय (असार/साउनमा) नै सबैभन्दा बढी गर्मी हुन्छ,” समितिले भनेको छ, “यसो हुनुको मुख्य कारण पृथ्वी आफ्नो अक्षमा २३.५ डिग्री झुकेको हुनु हो। जसले गर्दा पृथ्वीमा ऋतु परिवर्तन हुने गर्दछन्। असार २१ गते पृथ्वी सूर्यबाट टाढा रहेता पनि २३.५ डिग्री सूर्यतिर झुक्ने हुँदा यसले सूर्यको पूर्ण चमक र प्रकाशलाई अत्यधिक ग्रहण गर्न सक्षम हुन जान्छ र उत्तरी ध्रुवमा सबभन्दा बढी गर्मी अनुभूति हुन्छ।”
पृथ्वी सूर्यको सबभन्दा टाढा र सबभन्दा नजिक पुग्दा केही लाख किलोमिटरको फरक परे तापनि यसले तापक्रममा त्यति परिवर्तन नल्याउने समितिले जनाएको छ।
यस्तै, यही समयमा अस्ट्रेलिया, न्युजिल्यान्डलगायत दक्षिणी ध्रुवका देशमा सूर्यबाट टाढा झुकेको हुनाले दिन छोटो, रात लामो र चिसो हुने बताइएको छ। पृथ्वीको उत्तरी ध्रुवमा ९० प्रतिशत र दक्षिणी ध्रुवमा १० मानिस बसोबास गर्छन्।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
