जर्मन प्रहरीले आईएस समूहबाट प्रेरित भई जर्मनीमा आतंकवादी हमलाको योजना बनाएको आरोपमा सात जनालाई पक्राउ गरेको छ।
जर्मन प्रहरीले इस्लामिक स्टेट (आईएस) समूहबाट प्रेरित भई जर्मनीमा आतंकवादी हमलाको योजना बनाएको आरोपमा बिहीबार सात जनालाई पक्राउ गरेको छ।
पक्राउ परेका मध्य एशियाका ती पुरुष केही समयदेखि एकआपसमा परिचित रहेका तथा उनीहरूले पारस्परिक सम्पर्कलाई बढाउँदै कट्टरपन्थी इस्लामिक विचारधारा साझा गरेका संघीय अभियोजकको कार्यालय बताएको छ।
सन् २०२२ को प्रारम्भमा युक्रेनमा युद्ध शुरू भएको केही समयपछि उनीहरू जर्मनी आएका हुन्। सातै जना अभियुक्त लगभग एकै समयमा जर्मनी आएका बताइएको छ।
नेदरल्यान्ड्समा पक्राउ परेको अर्को सन्दिग्धसँग सातै जनाले सम्पर्क स्थापना गरेर आतंककारी आक्रमण गर्ने उद्देश्यका साथ एउटा सानो समूह गठन गरेका थिए।
उनीहरूले जर्मनीको कुन स्थानमा आक्रमण गर्ने भन्ने निर्णय नगरे पनि घातक हतियार प्राप्तिको भरमग्दुर प्रयास गरेका अभियोजनकर्ताहरूले बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
