शनिबार काठमाडौँबाट धनगढीका लागि उडेको जहाज प्राविधिक समस्याका कारण फर्किएपछि श्री एयरलाइन्सलाई प्राधिकरणले सबै जहाजको चेकजाँच गर्न निर्देशन दिएको थियो।
काठमाडौँ– श्री एयरलाइन्सले आइतबार सबै उडान स्थगित गरेको छ।
जहाजको प्राविधिक परीक्षण गर्नुपर्ने भएकाले उडान स्थगित गरिएको एयरलाइन्सले प्रेस नोटमार्फत जनाएको छ।
शनिबार काठमाडौँबाट धनगढीका लागि उडेको जहाज प्राविधिक समस्याका कारण फर्किएपछि श्री एयरलाइन्सलाई नागरिक उड्डयन प्राधिकरणले उडान स्थगित गरि सबै जहाजको चेकजाँच गर्न निर्देशन दिएको थियो।
उक्त जहाज धनगढीमा अवतरण नगरी काठमाडौँ फर्काइएको थियो। प्राधिकरणको निर्देशनपश्चात् एयरलाइन्सले जहाज ग्राउन्डेड गरेको हो।
सबै जहाजको प्राविधिक परीक्षण गरेर सोमबारबाट नियमित उडान हुने एयरलाइन्सले जनाएको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
