प्राध्यापक कुट्नेलाई संरक्षण गर्दै सरकारले मुद्दा फिर्ता लिनु खेदजनक रहेको ओलीको भनाइ छ।
काठमाडौँ– एमाले अध्यक्ष केपी शर्मा ओलीले गुरु कुट्ने संस्कृति हाबी हुँदै गएको बताएका छन्।
बिहीबार काठमाडौँमा आयोजित मदन भण्डारी मेमोरियल कलेजको वार्षिकोत्सवमा बोल्दै ओलीले यस्तो संस्कृतिबाट जोगिनुपर्ने बताएका हुन्।
गुरुलाई देवतासमान मान्ने देशमा गुरु कुट्ने संस्कृतिको विकास हुनु दुःखद कुरा भएको ओलीको भनाइ छ।
“आजकाल गुरु कुट्ने संस्कृति छ। हाम्रो जस्तो सभ्यताको दियो बाल्ने देश, आज विद्यार्थी गुरुको ढाड खुस्काउँछ। टाउको फुटाउँछ। करङ भाँचिदिन्छ। बहादुरी देखाउँछ। सरकार त्यस्तालाई प्रोत्साहन दिएर मुद्दा फिर्ता गर्छ,” ओलीले भने, “प्रोफेसर कुट्न विद्यार्थीले किन नपाउने, मजाले पाउँछ भनेर कुट्छ।”
विद्यार्थीले प्राध्यापक कुट्न पाउनुपर्छ भन्ने संस्कृतिको विकास गर्न सरकार उद्धत भएको ओलीको भनाइ छ।
“हाम्रो खालको विद्यार्थीले अर्को खालको मास्टर पड्काउन पाइन्छ भन्छ सरकार,” उनले भने, “त्यसमा पनि विद्यार्थी नाम मात्रका हुन्छन्। ती विद्यार्थी होइनन्। बाहिर सडकका हुन्। यस्तो संस्कृतिबाट हामी जोगिनुपर्छ।”
प्राध्यापक कुट्नेलाई संरक्षण गर्दै सरकारले मुद्दा फिर्ता लिनु खेदजनक रहेको ओलीको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
