ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विकको घरमा शनिबार राति नौ बजे चट्याङ पर्दा उनको छ वर्षीय छोरा दिनेश र नौ वर्षीया छोरी सुनिताको मृत्यु भएको छ।
ढोरपाटन– बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।
ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विकको घरमा शनिबार राति नौ बजे चट्याङ पर्दा उनको छ वर्षीय छोरा दिनेश र नौ वर्षीया छोरी सुनिताको मृत्यु भएको हो। चट्याङ लागेर चित्रबहादुरकी श्रीमती यमकुमारी विक घाइते भएको डीएसपी मदन केसीले जानकारी दिए।
चट्याङले घर नजिकै बाँधेको एक भैँसीसमेत मेरेको केसीको भनाइ छ। घाइते यमकुमारीलाई उद्धार गरी अस्पताल पठाइएको छ।
यस्तै, काठेखोला गाउँपालिका–३ धम्जाको रामचालुमा शनिबार राति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।
बागलुङ बजारबाट धम्जातर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा धम्जाका १८ वर्षीय विजय विकको मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते दुई जनालाई उपचारका लागि बागलुङ सदरमुकाम ल्याइएको डीएसपी केसीले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
