सिरियाका सडकमा पछिल्लो समय श्रृंखलाबद्ध रूपमा बम विस्फोट भइरहेको छ। बम इस्लामिक स्टेट (आईएस) लडाकुले राखेको आशंका गरिए पनि पुष्टि भइसकेको छैन।
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा सडक किनारमा राखिएको बम विस्फोटमा परी पाँच सैनिकको मृत्यु भएको छ।
सोमबार भएको विष्फोटमा अन्य सात जना घाइते भएको सरकार समर्थक स्थानीय रेडियोले जनाएको छ। बम देइर अल–जोरको पश्चिमी ग्रामीण इलाकाको सडकको छेउमा राखिएको सिन्ह्वाले उल्लेख गरेको छ।
बम इस्लामिक स्टेट (आईएस) लडाकुले राखेको आशंका गरिए पनि पुष्टि भइसकेको छैन। यस्तै गत आइतबार पनि मध्य प्रान्त होम्सको मरुभूमि क्षेत्र सडक किनारमा राखिएको बम विस्फोटमा तीन सैनिकको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएका थिए।
यसैगरी आइतबारको अर्को छुट्टै आक्रमणमा एक सिरियाली लेफ्टिनेन्टलाई आईएस समूहका लडाकु मानिने सशस्त्र व्यक्तिले घाइते बनाएका थिए।
जुन १३ मा सडक किनारमा भएको बमले होम्समा एक सिरियाली सैनिक अधिकारीको मृत्यु भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
