चेल्सीले २५ वर्षीय एनकुन्कुलाई जर्मन क्लब आरबी लाइप्जिगबाट अनुबन्ध गरेको छ। चेल्सीले उनलाई ५२ मिलियन पाउन्डमा ६ वर्षका लागि अनुबन्ध गरेको हो।
इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले फ्रान्सेली फरवार्ड क्रिस्टोफर एनकुन्कुलाई अनुबन्ध गरेको छ। चेल्सीले २५ वर्षीय एनकुन्कुलाई जर्मन क्लब आरबी लाइप्जिगबाट अनुबन्ध गरेको हो।
चेल्सीले एनकुन्कुलाई ५२ मिलियन पाउन्डमा ६ वर्षका लागि अनुबन्ध गरेको हो। उनी सन् २०१९ मा जर्मनी पुगेका थिए। त्यसअघि उनले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)को एकेडेमी र सिनियर टोलीमा झन्डै दुई दशक बिताएका थिए।
उनले पीएसजीको ‘बी’ टोलीबाट २७ खेलमा ५ गोल गरेका थिए। यस्तै, सिनियर टोलीबाट ५५ खेल खेल्दा ८ गोल गरे। पीएसजीमा रहँदा उनले एकपटक लिग वान र दुईपटक फ्रेन्च कपको उपाधि जिते।
उनले आरबीबाट १९९ खेल खेलका छन्। उक्त खेलमा ४७ गोल गरेका छन्। एनकुन्कुले गत सिजन बुन्डेसलिगामा २५ खेल खेल्दै १६ गोल गरेका थिए। सो वर्ष उनी बुन्डेसलिगा ‘प्लेयर अफ द सिजन’ र जर्मन पीएफए ‘प्लेयर अफ द सिजन’ घोषित भएका थिए। यही महिना लाइप्जिगले लगातार दोस्रो वर्ष जर्मन कपको उपाधि उनी टोलीका महत्त्वपूर्ण सदस्य थिए।
यसबाहेक उनीसँग फ्रान्सको यू–१६, १९, २० र २१ टोलीबाट खेलेको अनुभव छ। उनलाई सन् २०२२ मा आइभरी कोस्ट र दक्षिण अफ्रिकाविरुद्धको मैत्रीपूर्ण खेलका लागि पहिलो पटक फ्रान्सको सिनियर टोलीमा बोलाइएको थियो। ९ नोभेम्बर २०२२ मा आइभरी कोस्टविरुद्धको खेलमार्फत फ्रान्सको राष्ट्रिय टोलीमा उनले डेब्यू गरेका थिए।
उनले कतार विश्वकप २०२२ मा फ्रान्सेली टोलीमा स्थान पनि बनाएका थिए। तर, ट्रेनिङ सेसन टिमका सहयात्री इडुआर्डो कामाभिङ्गासँग ठोक्किँदा उनको बायाँ घुँडामा चोट लाग्दा विश्वकप गुमाउन परेको थियो। उनी बाहिरिएपछि फ्रान्कफुर्ट फरवार्ड रान्डल कोलो मुआनीले फ्रान्सको विश्वकप टोलीमा स्थान बनाएका थिए।
यद्यपि, उनले फ्रान्सको टोलीबाट १० खेल खेलिसकेका छन्। उनी चेल्सीको मुख्य प्रशिक्षक बनेका माउरिसियो पोचेटिनोले भित्र्याएका पहिलो खेलाडी हुन्। चेल्सीको जर्सी लगाउन पाउँदा गर्व महसुस गरेको उनले बताए।
“बुन्डेसलिगापछि संसारकै बलियोमध्येको प्रिमियर लिग खेल्न गइरहेको छु। त्यसैले चेल्सीमा आउन पाउँदा धेरै खुशी छु। म यो चुनौतीका लागि उत्साहित छु र चेल्सीको जर्सी लगाउन पाउँदा गर्व महसुस गर्छु,” उनले भनेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
