बैजनाथ गाउँपालिका–४ की सुनिता परियारको गाउँकै रामबहादुर थापासँग विवाह भएको १२ वर्ष भयो। तर, हालसम्म उनको विवाहदर्ता भएको छैन। श्रीमान्ले नै छाडेर गएपछि झन् पीडा थपिएको उनको भनाइ छ।
जानकी– बाँकेको बैजनाथ गाउँपालिका–४ पिपलडाँडाकी सुनिता परियारको विवाह भएको १२ वर्ष भयो। छिन्चु माइतीघर भएकी उनको गाउँकै रामबहादुर थापासँग भागी विवाह भएको थियो।
हालसम्म न विवाह दर्ता बनेको छ न त बालबच्चाको जन्मदर्ता नै। विवाह भएदेखि श्रीमान् र घरपरिवारले दलित समुदायको बुहारी भित्र्याएको भन्दै हेला गर्दै आएको सुनिताले बताइन्। सुनिताका दुई छोरी र एक छोरा छन्। तीनै जनाको जन्मदर्ता बनेको छैन।
सामान्यदेखि घरको पूजाआजा र अन्य काममा समेत विभेद गर्दै आएको उनीको भनाइ छ। “विवाह गरेको दिनदेखि अहिलेसम्म कुनै दिन सुख आएन,” सुनिताले भनिन्, “अहिले घर न घाटको भएकी छु। श्रीमान्लाई घरपरिवारले अन्यत्र भगाएका छन्। छोराछोरीको जोहो कसरी टार्ने भन्ने पिर छ।”
सुनिता अहिले राँझास्थित आफ्नो दिदीसँग बस्दै आएकी छन्। “श्रीमान्ले घर छाडेपछि दिदीसँगै बस्दै आएकी छु। उहाँसँगै मिलेर काम गर्छु। सुख–दुःख पोख्ने गर्छु,” सुनिताले भनिन्, “मेरो त यस्तै हो। छोराछोरीको चिन्ताले सताउँछ।
विवाह दर्ता भएको भए विदेश गएर पनि कमाउन सकिन्थ्यो तर विवाहदर्ता बनाउन श्रीमान् र घरपरिवार राजी छैनन्। पाएको काम पनि गर्न सकिएको छैन।” अन्तरजातीय विवाहले गर्दा विवाहदर्ता, नागरिकता र बच्चाको जन्मदर्ता बनाउन घरपरिवारले कहिले पनि सहयोग नगरेको उनको भनाइ छ। “वडा कार्यालय, इलाका प्रहरी कार्यालय कोहलपुर र बैजनाथ गाउँपालिका धाउँदाधाउँदै हारेस खाइसकेँ कतैबाट सहयोग भएन,” उनले भनिन्, “जहाँ जाँदा पनि श्रीमान् ल्याउन भन्छन् सम्पर्कमै नभएको श्रीमान् कहाँबाट खोजेर ल्याउनेरु”
सुनिताका आमा विष्णु परियारले सानो उमेरमै मन पराएर अन्तरजातीय बिहे गर्दा छोरीले दुःख पाइरहेको पीडा सुनाए। “बिहे गरेदेखि नै छोरीको दुःख देखेर कहिल्यै घरमा शान्तिको महसुस भएन,” उनले भनिन्, “छोरीको पीडा देखेर उराठ लाग्छ। यसको विवाह दर्ता र नातिनातिनाको जन्मदर्ता बनेको हेर्न इच्छा छ।”
सुनिताले बिहे गरेदेखि सुनिताका श्रीमान् र सासू–ससुराले विवाद मात्र सिर्जना गरेको आमा विष्णुले बताइन्। सुनिताको माइतमा कोही मर्दापर्दा पनि आउँदैनन् भन्दै विष्णु पछ्यौराले मुख छोपेर भक्कानिइन्। दिदीको पनि सुनिताको भन्दा त कम पीडा छैन। तर पनि सुख–दुःख जे–जस्तो भए पनि बाँडीचुडी खाउँला भनेर सँगै बस्दै आएका छन्।
“बहिनीको दुःख देखेर दया लागेर आउँछ। उसको श्रीमान् खोज्न हर सम्भव प्रयास गर्दा पनि भेट्टाउन सकिरहेका छैनौँ,” दिदी नंगा परियाले भनिन्, “ज्वाइँलाई लुकाउन घरपरिवारको ठूलो हात छ। तर पनि हामीलाई कानुनमाथि विश्वास छ, एक दिन त मेरी बहिनी र यसका बच्चाले पक्कै न्याय पाउनेछन्।”
नागरिकता र विवाह दर्ताका लागि श्रीमान् स्वयं उपस्थित हुनुपर्ने बैजनाथ वडा नं ४ का वडासचिव तिलक खत्रीले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
