हङकङविरुद्धको खेल रद्द भएसँगै नेपाल बाहिरियो

नेपाल रहेको समूह ‘ए’ बाट भारत र पाकिस्तान एक खेल अगावै सेमिफाइनल पुगेका छन्।

काठमाडौँ– एसीसी वुमन्स इमर्जिङ टिम्स एशिया कपअन्तर्गत हङकङ र नेपालबीचको खेल वर्षाका कारण रद्द भएको छ।

खेल रद्द भएसँगै प्रगियोगिताको समूह चरणब‍ाटै बाहिरिएको छ। वर्षाका कारण खेल हुन नसकेपछि दुवै टोलीले १–१ अंक बाँडेका थिए। योसँगै नेपाल रहेको समूह ‘ए’ बाट भारत र पाकिस्तान एक खेल अगावै सेमिफाइनल पुगेका छन्।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग ९ रनले पराजित भएको थियो। भारतसँग भने वर्षाकै कारण अंक बाँडेको थियो। नेपाल १ खेलमा हार र २ बराबरीसहित तेस्रो स्थानमा रह्यो।

हङकङ भने ३ खेलमा २ अंकका साथ पुछारमा रहेर बाहिरियो।