गएराति भएको दोस्रो सेमिफाइनलमा इटालीलाई २–१ ले पराजित गर्दै स्पेनले फाइनलमा क्रोएशियासँगको भेट पक्का गरेको छ।
काठमाडौँ– नेसन्स लिग फुटबलको उपाधिका लागि स्पेन र क्रोएशिया भिड्ने भएका छन्।
इटालीलाई २–१ ले पराजित गर्दै स्पेनले फाइनलमा क्रोएशियासँगको भेट पक्का गरेको हो। गएराति नेदरल्यान्डमा भएको खेलको तेस्रो मिनेटमा एरेमी पिनोले गोल गर्दै स्पेनलाई शुरूआती अग्रता दिलाएका थिए।
११औँ मिनेटमा सिरो इमोबाइलले गोल गर्दै इटालीलाई १–१ गोलको बराबरीमा ल्याए। उनले पेनाल्टीमार्फत गोल गरेका थिए। खेलको ८८औँ मिनेटमा जोसेलुले गोल गर्दै स्पेनलाई फाइनल पुर्याए।
क्रोएशिया नेदरल्यान्डलाई हराउँदै यसअघि नै फाइनल पुगिसकेको छ। फाइनल खेल आइतबार राति हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
