चितवनको इच्छाकामना गाउँपालिकाको पहाडी दुर्गम बस्तीका स्थानीयले अझै विद्युत् उपयोग गर्न पाएका छैनन्। वडा नं १ र २ मा विद्युतीकरणका लागि चार वर्षअघि ठेक्का लागे पनि ठेकेदारले काम नगरेपछि ढिलो भएको हो।
मुग्लिन– तपाईँलाई पत्यार नलाग्न सक्छ, चितवनका बासिन्दा अझै पनि टुकीका भरमा बस्न बाध्य छन्। किनकि चितवन सुगम जिल्ला भनेर परिचित छ।
तर, चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाको पहाडी दुर्गम बस्तीका स्थानीयले अझै विद्युत् उपयोग गर्न पाएका छैनन्। इच्छाकामना गाउँपालिकाको वडा नं १ र २ मा विद्युतीकरणका लागि चार वर्षअघि ठेक्का लागेको थियो।
ठेकेदारले काम नगरेपछि विद्युत् सेवाबाट वञ्चित हुनुपरेको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताए। अहिले उक्त ठेक्का रद्द गरेर पुनः ठेक्का लगाएर काम पनि अघि बढेको अध्यक्ष गुरुङको भनाइ छ। “त्यतिखेर छ करोडको ठेक्का लागेको थियो, अहिले १४ करोडमा स्तरवृद्धि र विस्तारको काम थालनी भएको छ। अब कुनै पनि बहानामा काम रोकिँदैन,” उनले भने।
गाउँपालिकाका ५५ प्रतिशत घरमा मात्र विद्युत् पुगेको छ। वडा नं ३, ४ र ५ को ९० प्रतिशत घरमा बिजुली पुगिसकेको छ। तर पहाडी क्षेत्र अधिक रहेको वडा नं १ मा १५ प्रतिशत, ६ मा ५० प्रतिशत घरमा मात्र बिजुली पुगेको छ। वडा नं २ मा कुनै पनि ठाउँमा बिजुली छैन। हालै पर्यटकीय एवं ऐतिहासिक क्षेत्र उपरदाङगढीमा बिजुली बलेसँगै वडा नंं ७ को भने सबै ठाउँमा बिजुली पुगिसकेको अध्यक्ष गुरुङले बताए।
वडा नं २ मा विद्युत् विस्तारका लागि पोल पुगेपछि स्थानीयमा आशा भने पलाएको छ। घरको आँगनमै पोल झरेपछि आशा पलाएको स्थानीय टीका गुरुङले बताए। बिजुली पोल ढुवानीको काम भइरहेको इच्छाकामना–२ का वडाध्यक्ष पञ्चबहादुर चेपाङले बताए। यहाँका सबै टोलटोलमा सडक पुगे पनि बिजुली बाल्नबाट स्थानीय वञ्चित भएको उनको भनाइ छ।
अध्यक्ष गुरुङका अनुसार काममा कुनै अवरोध नभएमा आगामी आवभित्र सबै स्थानमा विद्युत् पुग्नेछ। गाउँपालिकामै ‘सबस्टेशन’ राख्नका लागि पनि पहल भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
