संरक्षण अभावमा सातौँ र आठौँ शताब्दीदेखि मिथिला क्षेत्रमा प्रचलनमा रहेका मिथिला क्षेत्रका ऐतिहासिक, प्रचीन लोकनाच लोप हुने अवस्थामा पुगेका छन्। यी नाचमा आश्रित कलाकार पलायन भएका छन्।
वीरगन्ज– कुनैबेला मिथिला क्षेत्रमा लोकप्रिय बनेका प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक लोकनाच लोप हुन थालेका छन्।
इन्टरनेटको बढ्दो प्रयोग तथा उचित संरक्षण अभावमा सातौँ र आठौँ शताब्दीदेखि मिथिला क्षेत्रमा प्रचलनमा रहेका मिथिला क्षेत्रका ऐतिहासिक, प्राचीन लोकनाच राजा सलहेस, शितवसन्त, रुनाझुना, जंगली बादशाह, गोपीचन्द, कुँवर वृजभान, सुन्दर बनको सुन्दर फूल, अल्लाह रुदल, गुगली घाट, साँमाचकेवा, कमला मैयाँजस्ता नाच लोप हुन थालेका हुन्।
यस्तै, जय विषहरा, दुलहा दयालासिंह, विदेशिया, दिनाभद्री, लोरिक, राजानल, राजा हरिश्चन्द्र, सती विहुला, कारिक, महराई शोरवा महाराज, महराई, कारिक महाराज, आल्ला रुदल, झगडु मल जस्ता ऐतिहासिक लोकनाच पनि लोप हुन लागेका छन्।
लोकनाच लोप हुन थालेसँगै कलाकार रोजगारीको खोजीमा पलायन हुन थालेका छन्। “नाच कम्पनी बन्द हुन थालेपछि हामी बेरोजगार भएका छौँ,” १० वर्षको उमेरदेखि नाच गर्दै आएका सप्तरीको डाक्नेश्वरीका ६५ वर्षीय गोसाई राय भन्नुहुन्छ, “नाचबाटै कमाएर २० जना कलाकारको सहभागितामा नाच मण्डली खोल्यौँ। तर दुर्भाग्य कम्पनी नै चल्न नसकेपछि बन्द गर्नुपर्यो।” पहिला प्रतिष्ठाका लागि भए पनि ठूलो रकम खर्चेर ग्रामीण क्षेत्रमा लोकनाच गराइने गरेको उनी सुनाउँछन्।
केही वर्ष अघिसम्म नाच कम्पनीबाटै वार्षिक पाँच/सात लाखभन्दा बढी आम्दानी हुने गरेको स्मरण गर्दै अर्का नाचका कलाकार फनिराम भन्छन्, “कुनै बेला मिथिला क्षेत्रमा लोकनाच प्रसिद्ध थियो, तर अहिले लोप हुँदै गएका छन्।” नाच कम्पनी बन्द हुन थालेपछि त्यसमा संलग्न कलाकार रोजगारीका लागि मलेसिया, साउदी कतारलगायतका खाडी मुलुक तथा छिमेकी देश भारततर्फ पलायन हुन थालेको उनको भनाइ छ।
नाच कम्पनी बन्द भएपछि परिवार पाल्न पनि समस्या भएकाले आफूले पनि भारततिरै जाने सोच बनाएको सिरहाको पोखरभिण्डाका श्रवण सदा बताउँछन्। सिरहामा रहेका १०० भन्दा बढी नाच कम्पनी बन्द भइसकेको उनले सुनाए। मिथिला क्षेत्रका ग्रामीण क्षेत्रमा लोकप्रिय रहेका यस्ता लोकनाच तत्कालीन सशस्त्र द्वन्द्वकालमा बढी प्रभावित भएको र त्यसयता निरन्तर रूपमा विस्थापित हुनेक्रम जारी रहेको कालाकार बताउँछन्।
“खासगरी विवाह, शुभकार्य, उत्सव र चाडपर्वका बेला लोकनाच गराउने परम्परा रहेकामा पछिल्लो समय १० प्रतिशत जति विवाहका बेलामा ग्रामीण क्षेत्रमा मात्र यस्ता लोकनाचको माग आउने गरेको छ,” सिरहाको अर्नामा गाउँपालिका–४ निवासी विन्दु सदा भन्छन्, “वर्षमा एक÷दुई पटक मात्र लोकनाच हुने गरेकाले कलाकार रोजगारीको खोजीमा पलायन भएका छन्।”
ऐतिहासिक र प्राचीन घटनामा आधारित यी लोक नाच लोप हुन लागेकामा संस्कृतिविद्समेत चिन्तित बनेका छन्। संस्कृतिविद् पूर्वप्राध्यापक पिताम्वरलाल यादव भन्छन्, “मिथिला क्षेत्रको संस्कृतिका धरोहर लोकनाच लोप हुनु दुःखद् हो। ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेका लोकनाचको संरक्षणमा सरकारका तर्फबाट उचित कदम चाल्नुपर्छ।”
तीनै तहका सरकार यसमा उदासीन रहेको उनको गुनासो छ। मिथिला क्षेत्रसँग जोडिएको पल्लवित र पुष्पति भएका यस्ता लोकनाचको संरक्षण तथा सम्वद्र्धनमा ध्यान नदिए मिथिला क्षेत्रका संस्कृति हराउँदै जाने भएकाले स्थानीय निकायमार्फत बजेट छुट्याउनुपर्ने माग कलाकारको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
