मछिन्द्रको जितमा मछिन्द्रको जितमा आफिज ओलावाले २ तथा विमल घर्ति मगरले १ गोल गरे। मनाङका विजय श्रेष्ठले १ गोल फर्काए।
काठमाडौँ– मछिन्द्र फुटबल क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै सिजनको सुखद अन्त्य गरेको छ।
शहिद स्मरक 'ए' डिभिजन लिगअन्तर्गत शनिबार आफ्नो अन्तिम खेलमा मछिन्द्रले मनाङलाई ३–१ गोल अन्तरले हराएको हो। यसअघि नै लिगको उपविजेता बनेको मछिन्द्रको जितमा मछिन्द्रको जितमा आफिज ओलावाले २ तथा विमल घर्ति मगरले १ गोल गरे। मनाङका विजय श्रेष्ठले १ गोल फर्काए।
खेलको १६औँ मिनेटमा विजयले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए। खेलको ८०औँ मिनेटमा ओलावालेले गोल गर्दै खेल बराबरीमा ल्याए। ८६औँ मिनेटमा विमलले गोल गर्दै टोलीलाई अग्रता दिलाए।
खेलको इन्जुरी समयमा ओलावालेले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई ३–१ को जित दिलाए। साबिक विजेता मछिन्द्रले २६ खेलमा ४५ अंक जोडेको छ। २६ खेलमा ३२ अंक जोडेको मनाङले भने हारबाट सिजनको अन्त्य गरेको छ।
शनिबार नै भएको अर्को खेलमा संकटा क्लब र न्युरोड टिम (एनआरटी)ले बराबरी खेल्दै अंक बाडेका छन्। च्यासल मैदानमा दुवै टिमले १–१ गोलको बराबरी खेलेका हुन्। पहिलो हाफको इन्जुरी समयमा नेल्शन कोनफरले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए।
८९औँ मिनेटमा बिक्रम धिमालले गोल गर्दै खेल बराबरीमा ल्याए। बराबरीसँगै संकटाले २६ खेलमा ३२ अंक जोडेको छ भने एनआरटीको २७ खेलमा ३४ अंक छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
