कांग्रेस नेता शेखर कोइरालाले दण्डहीनतालाई प्रश्रय दिने गरी राष्ट्रपतिबाट तीन वटै तहको अदालतको आदेश विपरीत रेशम चौधरीलाई आममाफी दिइएको बताएका छन्।
काठमाडौँ– सत्तारूढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता टिकाउनका लागि अदालतको आदेश विपरीत रेशम चौधरीलाई आममाफी दिने निर्णय गरेको आरोप लगाएका छन्।
दण्डहीनतालाई प्रश्रय दिने गरी राष्ट्रपतिबाट तीन वटै तहको अदालतको आदेश विपरीत चौधरीलाई आममाफी दिनाले अन्ततः लोकतन्त्रलाई नै कमजोर बनाउने भन्दै उनले आक्रोश व्यक्त गरे।
शनिबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति, भक्तपुरले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले भने “तीनै तहका अदालतले गरेको आदेशलाई राष्ट्रपतिजीले त्यो मसी सुक्न नपाउँदै माफी दिनु भयो। हामी जस्ताले त्यसलाई कसरी हेर्ने? यी कुराहरू अत्यन्त गम्भीर हुन्छ भोलिका दिनमा। सरकार टिकाउनका लागि यी कुराहरू गर्दाखरी लोकतन्त्र कमजोर हुन्छ भन्ने कुरा पनि हामीले बुझ्न जरुरी छ।”
उनले जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मात राख्ने सरकारको निर्णयप्रति पनि आपत्ति जनाए। निर्वाचन आयोगको स्वतन्त्रता र निष्पक्षतामाथि नै प्रश्न उठ्ने गरी सरकारले सो निर्णय गरेकाले आफूहरूले विरोध गर्नु परेको उनको तर्क थियो।
नेता कोइरालाले लोकतन्त्रलाई मजबुत पार्नका लागि पनि जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालयको मातहत राख्ने काम गर्न नहुने पटकपटक दोहोर्याए। उनले कांग्रेस कमजोर भएको हीन भावना लिएर नबस्न पनि पार्टीका नेता–कार्यकर्तालाई सचेत गराए। कांग्रेसलाई बलियो बनाउन अतीतबाट पाठ सिक्नुपर्ने उनको भनाइ थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
