बाँदरले अन्नबाली र फलफूल खाएर सताउन थालेपछि व्यास नगरपालिका–८ सोतीबेँसीका २० जना कृषकले २०० रोपनी जग्गामा बेसार खेतीको शुरूआत गरेका छन्।
तनहुँ– बाँदरले बालीनालनी खाएर हैरान पार्न थालेपछि तनहुँका कृषक वैकल्पिक बालीका रूपमा ‘बेसार खेती’तर्फ लागेका छन्।
बाँदरले अन्नबाली र फलफूल खाएर सताउन थालेपछि व्यास नगरपालिका–८ सोतीबेँसीका २० जना कृषकले २०० रोपनी जग्गामा बेसार खेतीको शुरूआत गरेका छन्। परीक्षणका रूपमा बेसारको खेती शुरू गरेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताए।
कृषकले आवश्यक बीउ खरिदका साथै बेसार राखेर उमाल्ने ड्रम, कुटानीपिसानी मेसिन, प्याक गर्ने मेसिनलगायत सामग्रीसमेत खरिद गरिसकेका छन्। समूहमा आबद्ध सदस्यले बेसार लगाउने, गोडमेल गर्नेदेखि बेसार उत्पादनपश्चात् धोइपखाली गरी उमाल्ने, कुटानीपिसानी गरेर लेबल टाँस गरी अर्ग्यानिक बेसारका रूपमा बिक्री गर्नेछन्।
व्यास नगरपालिका कार्यालयले व्यास–३ अनसन चौतारी नजिक निर्माण गरेको कक्षमा ल्याएर कृषकले बिक्री गर्ने शर्तमा कार्यालयले यस कार्यक्रमलाई अघि बढाएको हो। उत्पादित वस्तुलाई स्थानीय, प्रदेश र संघीय सरकारको सहयोगमा प्याक गरेर विदेश निर्यात गर्ने लक्ष्य छ।
कार्यालयले कृषकलाई जग्गा बाँझो नराख्न र आयआर्जन गरी आत्मनिर्भर बनाउन बेसार ९हलेदो० खेती प्रवर्द्धनलाई प्राथामिकता दिएको हो। उत्पादन भएका वस्तु स्थानीय बजारमा बिक्री नभए सरकारले सहजीकरण गरी बिक्री–वितरणमा सहयोग गर्ने नगरपालिकाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
