नेपालगन्जलगायत शहरबाट भारतमा हवाई उडान गर्ने गरी छलफल अगाडि बढाइएको प्रधानमन्त्री दाहालले जानकारी दिएका छन्। अहिले काठमाडौँबाट मात्र भारतीय शहरमा उडान हुन्छ।
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अर्को हवाई प्रवेश विन्दुका लागि भारतसँग छलफल भएको बताएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले भारत भ्रमणमा भएका सम्झौता र अन्य छलफलबारे जानकारी दिएका हुन्। जेठ १८ गते भारतीय प्रधानमन्त्रीको सरकारी निवास हैदरावाद हाउसमा भएको नरेन्द्र मोदीसँगको छलफल महत्त्वपूर्ण भएको दाहालले बताए।
नेपालगन्जलगायत शहरबाट भारतमा हवाई उडान गर्ने गरी छलफल अगाडि बढाइएको दाहालले जानकारी दिए। अहिले सिमरा विन्दुबाट मात्र हवाईजहाज नेपाल प्रवेश गर्न पाउँछन्। नेपालले सन् २०१६ देखि नै नयाँ प्रवेश विन्दुबारे कुरा अगाडि बढाएको हो।
त्यस्तै, विभिन्न पूर्वाधार निर्माणबारे भएको छलफल पनि सकारात्मक भएको दाहालले बताए। कैलाली र चितवनमा क्रिकेट रंगशाला बनाउन पनि प्रस्ताव गरिएको उनको भनाइ छ। खासगरी, दीर्घकालीन ऊर्जा व्यापार र बंगलादेशसँग ऊर्जा व्यापारका लागि त्रिपक्षीय सम्झौता गर्ने सहमति भएको पनि उनले जानकारी दिए।
यसअघि, सभामुख देवराज घिमिरेको पहलमा प्रतिनिधिसभाको अवरोध हटाउने सहमति भएको थियो। नागरिकता विधेयक प्रमाणीकरण र कालापानीको भूभाग सट्टापट्टा गर्ने प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले आइतबारको बैठक अवरुद्ध गरेका थिए। प्रधानमन्त्रीले सदनमा जवाफ दिने सहमतिपछि सदनको अवरोध हटेको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
