लेबनान सरकारले सिरियाली शरणार्थीलाई आफ्नो मातृभूमिमा सुरक्षित फिर्ता गर्ने लक्ष्य राखेको छ।
लेबनानले विस्थापित सिरियालीको तथ्यांक उपलब्ध गराउन शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर)लाई आग्रह गरेको छ।
लेबनानका सार्वजनिक सुरक्षा महानिर्देशक इलियास अल–बाइसारीले बिहीबार यूएनएचसीआरका अधिकारीहरूलाई बिनासर्त विस्थापित सिरियालीको तथ्यांक उपलब्ध गराउन आग्रह गरेका हुन्।
लेबनान सरकारले सिरियाली शरणार्थीलाई आफ्नो मातृभूमिमा सुरक्षित फिर्ता गर्ने लक्ष्य राखेको छ। तर, यूएनएचसीआरले भने यसअघि सिरिया सुरक्षित नभएको भन्दै शरणार्थी फिर्ताका लागि लेबनानले गरेको प्रस्तावलाई अस्वीकार गरेको समाचार संस्था सिन्ह्वाले जनाएको छ।
लेबनानका विदेश मामिलामन्त्री अब्दल्लाह बो हबिबले लेबनानमा २० लाख सिरियाली शरणार्थी रहेको र यसले लेबनानी समाजको संरचनालाई बाधा पुर्याउने खतरा रहेको बताएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
