आन्तरिक तथा अन्तर्राष्ट्रिय भाडादर अहिले नै महँगो रहेको अवस्थामा भ्याट थप्दा झनै महँगो पर्ने र यात्रुले खरिद गर्न नसक्ने नाट्टाको भनाइ छ।
काठमाडौँ– नेपाल एशोसियशन टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत हवाई टिकटमा लगाइएको भ्याट फिर्ता गर्न माग गरेको छ।
नाट्टाका अध्यक्ष रमेश थापाले बिहीबार विज्ञप्ति जारी गर्दै विदेश भ्रमण गर्दा लाग्ने शुल्क र टिकटमा लगाइएको भ्याट फिर्ता लिन माग गरेका हुन्। “नेपालबाट टिकट काट्दा भ्याट तिर्नुपर्ने र विदेशबाट टिकट काट्दा भ्याट तिर्नु नपर्ने व्यवस्थाले नेपाली टुर तथा ट्राभल कम्पनी मारमा पर्ने देखिन्छ,” अध्यक्ष थापाले भने।
नाट्टाले कोरोना महामारीपछि तंग्रिँदै गरेको नेपालको पर्यटन व्यवसायमा साबिककै आन्तरिक तथा अन्तर्राष्ट्रिय भाडादर महँगो रहेको अवस्थामा भ्याट थप्दा भाडादर झनै महँगो पर्ने र यात्रुले खरिद गर्न नसक्ने अवस्था देखिएको जनाएको छ। पर्यटन व्यवसाय र सम्बन्धित सरोकारवाला निकायसँगको छलफल र समन्वयबिना ल्याइएका नीति, नियमले उपभोक्ता, पर्यटन व्यवसायी र समग्र पर्यटन क्षेत्रलाई नै प्रतिकुल असर पर्ने नाट्टाले जनाएको छ।
यस्तै, बजेटले सुविधा सम्पन्न तथा तारे होटेलमा दुई प्रतिशत विलासिता कर लगाउने व्यवस्था गर्नु गलत भएको अध्यक्ष थापाको भनाइ छ। सन् २०२३ देखि २०३२ लाई पर्यटन भ्रमण दशकका रूपमा मनाउने निर्णय बजेटमार्फत गरिनु सकारात्मक पक्ष भएको विज्ञप्तिमा उल्लेख छ।
निजगढ विमानस्थल निर्माण गर्ने, अन्य विमानस्थलको स्तरोन्नति गर्ने, सांस्कृतिक सम्पदाको पुनः निर्माण गर्ने, नयाँ गन्तव्य स्थलको पहिचान र पूर्वाधार विकास गरिनु सकारात्मक भएको अध्यक्ष थापाले बताए।
गत वर्षको तुलनामा पर्यटन क्षेत्रमा दुई अर्ब ५० करोडभन्दा बढी रकम थप गरिनु नेपालको समग्र पर्यटन उद्योगीका लागि खुशीको कुरा भएको नाट्टाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
