उत्तर कोरियाले प्रक्षेपण गरेको पहिलो स्याटलाइट अन्तरिक्ष नपुग्दै समुन्द्रमा खसेपछि दक्षिण कोरिया र जापानमा सावधानीको चेतावनी दिइएको छ। स्याटलाइट अमेरिकी सेनाको जासुसीका लागि प्रक्षेपण गरिएको थियो।
उत्तर कोरियाले अन्तरिक्षमा आफ्नो पहिलो स्याटलाइट पठाउने योजना दुर्घटनाका कारण असफल भएको जनाएको छ। दुर्घटना भएको स्याटलाइट समुन्द्रमा खसेको पनि उत्तर कोरियाको दाबी छ।
यसअघि गएको जुन ११ मा नै प्योङयाङले अमेरिकाको सैन्य गतिविधि अनुगमनका लागि स्याटलाइट प्रक्षेपण गर्ने घोषणा गरेको थियो। अब दोस्रोपटक चाँडै नै अर्को प्रयास गर्ने बताइएको बीबीसीले उल्लेख गरेको छ। सैन्य अनुगमनका लागि भएको कारण उत्तर कोरियाले जासुसी स्याटलाइट छाडेको बीबीसीको समाचारमा उल्लेख छ।
स्याटलाइट प्रक्षेपण गर्दा निस्किएको ज्वालाले दक्षिण कोरियाको राजधानी सोलमा हवाई आक्रमणको अलाम बजेको थियो। आक्रमण हुन लागेको संकेत स्वरूप साइरन बजेपछि मानिसहरू ब्युँझिएका थिए।
उता जापानको ओकिनावामा पनि चेतावनी दिइएको थियो। मोबाइलमा चेतावनी मेसेजहरू पठाएर घरबाहिर ननिस्कन र सकेसम्म बंकर वा त्यस्तै सुरक्षित स्थानमा बस्न भनिएको थियो।
यी दुई देशबीच ७० वर्षदेखि तनावको अवस्था छ र मानिसहरू चासोपूर्वक सावधानी अपनाइरहेका छन्। युद्धसम्बन्धी यो झूटो अलार्मले सावधानी प्रणालीप्रति मानिसहरूको विश्वास गुम्न सक्ने समाचारमा जनाइएको छ।
यदि, भविष्यमा साँच्चै नै उत्तर कोरियाले दक्षिणलाई आक्रमण ग¥यो र सावधानी साइरन बज्यो भने मानिसहरूले गम्भीरतापूर्वक नलिन सक्छन्। त्यस्तो अवस्थामा ठूलो क्षति हुनसक्ने बताइन्छ।
सोलमा बस्ने ३३ वर्षीय महिला आफू धेरै डराएको र साइरन सुन्न थालेपछि घर खाली गर्न झोलामा सामान हाल्न थालेको बताएकी छन्। “मलाई यहाँ युद्ध हुन्छ भन्ने विश्वास लाग्दैन थियो, तर युक्रेन युद्धपछि उत्तर कोरिया वा चीनले आक्रमण गर्नसक्ने लागेको छ,” उनले बीबीसीसँग भेनकी छन्।
प्योङयाङले धैर्य गुमाएको र आक्रमण गर्न सक्ने उनी बताउँछिन्।
दक्षिण कोरियाको सेनाका अनुसार उक्त रकेट वायुमण्डलको बीचमै पड्किएको हुनसक्छ वा त्यसअघि नै दुर्घिटित भएर राडारबाट हराएको हुनसक्छ। दक्षिण कोरियाले लिएको तस्वीरहरूमा स्याटलाइटका टुक्राहरू समुन्द्रमा देखिन्छ।
उत्तर कोरियाको शासन सम्हालिरहेको पार्टीको केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष रि प्योङ चोलले मंगलबार मात्र स्याटलाइट प्रक्षेपण योजना घोषणा गरेका थिए। उनले यसो गर्नुमा अमेरिका र दक्षिण अमेरिकाको लापरवाहीपूर्ण सैन्य गतिविधि जिम्मेवार रहेको बताएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
