‘ए’ डिभिजन लिगमा आर्मीलाई २–० गोल अन्तरले पराजित गर्दै जावलाखेल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
काठमाडौँ– जावलाखेल युथ क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टोली त्रिभुवन आर्मीलाई पराजित गरेसँगै उपाधि होड रोमाञ्चक मोडमा पुगेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार सम्पन्न २३औँ खेलमा आर्मीलाई २–० गोल अन्तरले पराजित गर्दै जावलाखेल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो।
जितसँगै जावलाखेलले तेस्रो स्थानमा रहेको मछिन्द्रबाट अंक दूरी बढाएको छ। यस्तै, पहिलो सिजनमै उपाधि जित्ने लक्ष्य बुनेको चर्च ब्वाइजसँगको अंक दूरी १ मा झारेको छ। जावलाखेलको २३ खेलबाट ३७ अंक छ। जावलाखेलभन्दा एक स्थान माथि रहेको चर्च ब्वाइजको ३८ अंक रहेको छ।
अंक तालिकामा साबिक विजेता मछिन्द्र फुटबल क्लब तेस्रो स्थानमा रहेको छ। ३८ अंक भएको चर्च ब्वाइज र ३६ अंक रहेको मछिन्द्रले जावलाखेलभन्दा एक खेल कम खेलेका छन्। जावलाखेलको जितमा दुवै गोल लिसथोका स्ट्राइकर एन्कोटो मसोआबीले गरे।
पहिलो हाफ गोलरहित बराबरीमा खेलेको जावलाखेल दोस्रो हाफमा आक्रामक बन्यो। खेलको ५६औँ मिनेटमा हिसुब थपलियाले दिएको ब्याक पासलाई विनोद केसी कन्ट्रोलमा लिए। त्यसपछि उनले बायाँ साइडबाट दोस्रो बारतर्फ गरेको प्रहारलाई गोल लाइननजिक रहेका एन्कोटो मसोआबीले हेडर गर्न सकेनन्।
सो बललाई फलोअन गर्दै समिराज थोकरले मसोआबीलाई पास दिँदै गोलमा परिणत गरे। ७९औँ मिनेटमा मसोआबीले व्यक्तिगत दोस्रो गोल गरे। फोडे फोफनाले दिएको हाइ बललाई हेडर गर्दै उनले गोलमा परिणत गरे। जारी लिगमा उनले आफ्नो गोल संख्या १६ मा पुर्याएका छन्।
एफसी खुमलटारका मेसुके ओलोमाउको गोल संख्या पनि १६ नै रहेको छ। मछिन्द्रका ओलाओले अफिजले १५ र फ्रेन्ड्समा राफिक अमिनुले १३ गोल गरेका छन्। पहिलो लेगमा जावलाखेलले आर्मीलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो। आर्मी अंक तालिकामा पाँचौँ स्थानमा यथावत् छ। आर्मीको २३ खेलबाट ३० अंक छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
