बाढीले हेरात प्रान्तमा २०० हेक्टर खेतीयोग्य जमिन नष्ट भएको छ। सिँचाइ प्रणाली र नहरहरू पनि क्षतिग्रस्त भएका छन्।
मध्य अफगानिस्तानमा भारी वर्षासँगै आएको बाढीमा परी छ जनाको मृत्यु भएको छ। २०० भन्दा बढी घर डुबानमा परेको र दर्जनौँ घर ध्वस्त भएको एएफपीले जनाएको छ।
स्थानीय अधिकारीहरूका अनुसार हेरातबाट २८० किलोमिटर पूर्वमा रहेको प्रान्तीय राजधानी फिरोजकोहमा घर भत्कँदा तीन महिला र एक बालकको मृत्यु भएको छ। मंगलबार परेको मुसलधारे पानी दशक यताकै ठूलो भएको मध्य घोर प्रान्तका तालिबान गभर्नरका प्रवक्ता अब्दुल वाहिद हमासले बताए।
उता, बाढीले हेरात प्रान्तको पासाबन्द जिल्लामा एक पुरुष र एक महिलालाई बगाएको र उनीहरूको शव पछि फेला पारिएको सुरक्षा अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार हेरात प्रान्तमा २०० हेक्टर खेतीयोग्य जमिन नष्ट भएको छ।
कृषि कार्यका निम्ति निर्मित सिँचाइ प्रणाली र नहरहरू पनि क्षतिग्रस्त भएका छन्। सन् २०२१ मा अमेरिका समर्थित सरकारको पतनसँगै तालिबान सत्तामा फर्किएपछि अफगानिस्तानमा मानवीय संकट गहिरिँदै गएको छ। युद्धले तहसनहस भएको देश प्राकृतिक विपत्तिको चपेटमा समेत परेको हो। तालिबान सत्तामा आएपछि बाह्य सहायता प्रवाह शून्यप्रायः भएको छ।
विदेशी राष्ट्रले पनि काबुलका नयाँ शासकसँग व्यवहार गर्न अनिच्छा देखाएका छन्। गैरसरकारी संस्था र संयुक्त राष्ट्र संघीय निकायमा अफगान महिलाहरूलाई काम गर्न तालिबानले प्रतिबन्ध लगाएर आय आर्जनका सीमित मार्गबाट समेत वञ्चित गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
