लिगमा ६ खेल बाँकी रहँदा पुछारका २ टोली र माथिल्ला ३ टोलीबीच २ अंकको मात्रै अन्तर भएपछि रेलिगेशन जोन रोमाञ्चक बनेको छ।
काठमाडौँ– अंक तालिकाको पुछारमा रहेको एफसी खुमलटारले सातदोबाटो यूथ क्लबलाई पराजित गरेसँगै शहीद स्मारक ए डिभिजन लिगमा रेलिगेसन ब्याटल रोमाञ्चक बनेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा मंगलबार सम्पन्न खेलमा खुमलटारले सातदोबाटोलाई १–० गोलअन्तरले पराजित गरेको हो। यससँगै ६ जित, ३ बराबरी र ११ हार बेहोरेको खुमलटारले २० खेलमा २१ अंक जोडेको छ।
समान खेल खेलेको फ्रेन्ड्ससँग पनि २१ अंक नै छ। खुमलटार र फ्रेन्ड्सभन्दा माथि रहेका एपीएफ, न्यूरोड र संकटाको भने समान २३ अंक छ। लिगमा ६ खेल बाँकी रहँदा पुछारका २ टोली र माथिल्ला ३ टोलीबीच २ अंकको मात्रै अन्तर छ।
खुमलटारको जितमा मेसुके ओलोमउको गोल निर्णायक बन्यो। उनले खेलको ३७औँ मिनेटमा राजीव लोप्चनले दिएको पासलाई सदुपयोग गर्दै गोलमा परिणत गरे।
मेसुकेको जारी लिगमा यो १४औँ गोल हो। उनले मछिन्द्रका अफिज ओलाओलेको गोल संख्यासँग बराबरी गरेका छन्। अफिजले पनि १४ गोल नै गरेका छन्।
'म्यान अफ दी म्याच' राजीवले टिमले पहिलोपटक गोल नखाई जित हासिल गर्दा खुशी लागेको बताए। "टिमले आज डिफेन्स पनि राम्रो खेल्यो। त्यसले धेरै समयपछि गोल नखाई जित हासिल गर्यौँ,” उनले भने।
जितसँगै रेलिगेसन जोनमा रहेको खुमलटारलाई राहत मिलेको उनले बताए। "रेलिगेसनबाट बच्नै पर्ने अवस्था छ। बच्छौँ पनि," उनले भने। पराजित सातदोबाटो भने चौथो स्थानमा यथावत् छ।
सातदोबाटोको ८ जित, ५ बराबरी र ७ हारसहित २९ अंक रहेको छ।
थ्री स्टार फेरि पराजित
थ्री स्टार क्लब लगातार नवौँ खेलमा जितविहीन बनेको छ। अन्तिम पटक थ्री स्टारले संकटा क्लबलाई ३–० ले पराजित गरेको थियो। विभागीय टोली नेपाल पुलिससँग पराजित भएको छ।
एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा पुलिसले थ्री स्टारलाई १–० ले पराजित गरेको हो। पुलिसका लागि अहमद हिजाजीको गोल निर्णायक बन्यो।
उनले खेलको २८औँ मिनेटमा गोल गरे। जितसँगै पुलिसले रेलिगेसन जोनमा रहेका फ्रेन्ड्स र खुलमटारसँग अंक दूरी ४ मा पुर्याएको छ। पुलिसले ७ जित, ४ बराबरी र ९ हारसहित २५ अंक जोडेको छ।
पुलिस अंक तालिकामा आठौँ स्थानमा छ। पराजित थ्री स्टार छैटौँ स्थानमा छ। थ्री स्टारले ६ जित, ८ बराबरी र ६ हारसहित २६ अंक जोडेको छ।
२०औँ चरणको खेल सकिँदा चर्च ब्वाइज ३७ अंकसहित शीर्षस्थानमा छ। यता, ३४ अंक जोडेको साविक विजेता मछिन्द्र दोस्रो स्थानमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
