सेमिफाइनलको दोस्रो लेगमा ४–० तथा समग्रमा ५–१ को जितसहित सिटीले फाइनल यात्रा तय गरेको छ। सिटीले उपाधिका लागि जुन ११ मा इन्टर मिलानसँग खेल्नेछ।
काठमाडौँ– साबिक विजेता रियल मड्रिडलाई पराजित गर्दै म्यानचेस्टर सिटी यूईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ।
सेमिफाइनलको दोस्रो लेगमा रियलविरुद्ध ४–० को सानदार जित गर्दा गर्दै सिटी उपाधि नजिक पुगेको हो। पहिलो लेग १–१ को बराबरीमा सकिएको खेलमा सिटी समग्रमा ५–१ ले विजयी भएको छ।
गएराति इतिहाद स्टेडियममा घरेलु टोलीका लागि बर्नाडो सिल्भाले २ तथा म्यानुयल एकान्जी र जुलियन अल्भारेजले १/१ गोल गरे।
खेलको २३औँ मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई अग्रता दिलाए। उनले केभिन डी ब्रुएनाको पासमा गोल गरेका थिए। ३७औँ मिनेटमा सिल्भाले नै गोल गर्दै अग्रता दोब्बर पारे।

सिटीका लागि ७६औँ मिनेटमा एकान्जीले गोल गरेका थिए। त्यसपछि इन्जुरी समयमा अल्भारेजले गोल गर्दै सिटीको फराकिलो जित पक्का गरे।
उनले फिल फोडेनको पासमा गोल गर्न सफल भएका थिए। सिटीले उपाधिका लागि जुन ११ मा इन्टर मिलानसँग खेल्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
