काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरू बनाएर काम अघि बढाउनुपर्ने मन्त्री गुरुङको भनाइ छ।
काठमाडौँ– शहरी विकासमन्त्री सीता गुरूङले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा संघीय सरकारले आवश्यक सहजीकरण गरिरहेको बताएकी छिन्।
मंगलबार बञ्चरेडाँडा 'ल्यान्डफिल साइट'को स्थलगत निरीक्षणपछि मन्त्री गुरूङले फोहोर व्यवस्थापन र त्यसका कारण देखिएका समस्या समाधानका लागि सरकार प्रयासरत रहेको बताइन्। शहरी विकास मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ, सो आयोजनाका प्रमुख र इन्जिनियरसहित बञ्चरेडाँडा क्षेत्रको निरीक्षण गरेकी मन्त्री गुरूङले आयोजना निर्माणको अवस्था र फोहोर व्यवस्थापनमा देखिएका समस्याबारे जानकारी लिएकी थिइन्।
उनले त्यहाँका स्थानीयसँग समेत फोहोर विसर्जनका कारण देखिएका समस्याबारे कुराकानी गरेकी थिइन्। मन्त्री गुरूङले फोहोर व्यवस्थापनलाई सहज बनाउन तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरू बनाएर काम अघि बढाउन आयोजना प्रमुखलगायत सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।
“फोहोर व्यवस्थापन स्थानीय सरकारको दायित्व भित्रको कुरा हो। तर काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा संघीय सरकारले पनि सहजीकरण गर्दै आएको छ,” उनले भनिन्, “यहाँ ल्यान्डफिल साइट र फोहोर व्यवस्थापनका कारण देखिएका समस्या समाधानका लागि योजना बनाएर काम अघि बढाऔँ। यसमा प्रधानमन्त्रीज्यूको समेत विशेष चासो छ।”
काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन काठमाडौँ महानगरपालिकाले गर्दै आएको छ। तर त्यहाँ साइटमा फोहोरको उपयुक्त व्यवस्थापन नहुँदा स्थानीयले अवरोध गर्दै आएका छन्। आगामी दिनमा त्यस्ता समस्या आउन नदिन मन्त्री गुरूङले सजग गराएकी छन्।
बञ्चारेडाँडाको ल्यान्डफिल साइट शहरी विकास मन्त्रालयले निर्माण गरेको हो। यसअघि फोहोर व्यवस्थापनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आव्हानमा विषयगत मन्त्रीहरू, सो क्षेत्रका सांसद र सरोकारवालासहितको बैठक बसेको थियो।
सो बैठकले फोहोर व्यवस्थापनमा देखिएका समस्याको दीर्घकालीन समाधानको पहल गर्ने निर्णय गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
