भारतबाट आउनेहरूको स्वास्थ्य जाँच गड्डाचौकी नाकामा भइरहेको भए पनि नाकामै खोप लगाउन अभियान स्थगित छ। खोप अभावका कारण नाकामा नै लगाउन नसकिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
कञ्चनपुर- जिल्लामा कोरोना भाइरसविरुद्धको ‘बुस्टर डोज’ खोप अभियानका क्रममा ३९ हजार २५८ महिला तथा पुरुषले मात्र खोप लगाएका छन्।
जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप प्रमुख जनक कुँवरले ‘बुस्टर डोज’को पहिलो र दोस्रो मात्रा लगाइएको जानकारी दिए। “नौवटै पालिकाका स्वास्थ्य संस्थाबाट कोरोनाविरुद्धको बुस्टर डोज लगाइयो,” उनले भने, “अहिलेसम्म चौथो पटक खोप लगाइएको छ। फेरि पनि खोप आवश्यक भएकाले केन्द्रमा माग गरेका छौँ।”
उनले खोप उपलब्ध भए आगामी जेठ दोस्रो सातापछि पुनः अभियान सञ्चालन गर्ने योजना रहेको बताए।
यहाँ बुस्टरको पहिलो मात्रा १३ हजार ७५८ जनाले मात्रै लगाएको स्वास्थ्य कार्यालयको तथ्यांक छ। कोरोनाविरुद्धको खोप आइसकेपछि हालसम्म कञ्चनपुरमा चार लाख ४५ हजार ४२ जनाले त्यसविरुद्धको खोप लगाइसकेका छन्।
त्यसैगरी तीन लाख ६४ हजार ७८५ जनाले दोस्रो मात्रा लगाएका छन् भने दुई लाख १६ हजार ६६७ जनाले खोपको तेस्रो मात्रा लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ। “भारतबाट आउनेको गड्डाचौकी नाकामा स्वास्थ्य जाँच भइरहेको भए पनि नाकामै खोप लगाउन अभियान स्थगन छ,” खोप प्रमुख कुँवरले भने, “केन्द्रबाट नियमित खोप नआउनु र छिट्टै म्याद गुज्रिने खालका खोप आएकाले नाकामा नियमित लगाउन नसकिएको हो।”
उनले कोरोनाको पहिलो र दोस्रो लहरका बेला गड्डाचौकी नाकामै हेल्थ डेस्क सञ्चालन गरेर कोरोना जाँच र खोप अभियान चलाइएको जानकारी दिए। यहाँ खोप अभियानका क्रममा गत चैतमा ५५ वर्षमाथिका ज्येष्ठ नागरिक, गर्भवती, स्वास्थ्यकर्मी र रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई बुस्टर डोजका रूपमा खोप दिइएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
