आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल जारी संसद् अधिवेशनलाई प्रभावकारी बनाउने र विभिन्न समिति गठन गर्ने विषयमा केन्द्रित रहेको बताइएको छ।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल ‘प्रचण्ड’को आव्हानमा संसद्मा प्रतिनिधित्व गर्ने तीन ठूला दलका संसदीय दलका नेता र प्रमुख सचेतकबीच छलफल भएको छ।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल जारी संसद् अधिवेशनलाई प्रभावकारी बनाउने र विभिन्न समिति गठन गर्ने विषयमा केन्द्रित रहेको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।
बैठकमा सत्य निरूपण तथा मेलमिलाप सम्बन्धि विधेयकलाई छिटो टुंगोमा पुर्याउन संसदीय उपसमिति गठन गर्ने, संसदीय समितिको नेतृत्व र प्रतिनिधित्व सहमतिका आधारमा गर्ने, संसदीय सुनुवाइ समिति गठन गर्नेलगायत विषयमा छलफल भएको थियो।
“संसद्लाई प्रभावकारी बनाउन समझदारीका साथ अगाडि बढ्ने विषयमा छलफल भयो,” मुख्य सचेतक पाण्डेले भने, “विषयगत समिति गठन गर्न बाँकी छ। सत्य निरूपणसम्बन्धि विधेयकलाई प्राथमिकता दिएर अगाडि बढाउनुपर्नेछ। यिनै विषयमा छलफल भयो। छिट्टै निष्कर्षमा पुग्छौँ।"
छलफलमा प्रधानमन्त्री दाहाल, कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, एमाले संसदीय दलका नेता केपी शर्मा ओली, रक्षामन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डे, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमालेका नेता सुवास नेम्वाङ सहभागी थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
