रास्वपा सांसद एवं अर्थविद् डा. स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउन ध्यान दिनुपर्ने बताएका छन्।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद एवं अर्थविद् डा. स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताएका छन्।
आइतबार काठमाडौँमा आयोजित नक्कली भुटानी शरणार्थीसम्बन्धी बहस कार्यक्रममा बोल्दै उनले सो प्रकरणमा मुछिएका सबैलाई प्रहरीको अनुसन्धानको दायरामा ल्याउन ध्यान दिनुपर्ने बताएका हुन्।
अपराध करार गर्नेभन्दा पनि ती पात्रहरूलाई सोधखोजका लागि अनुसन्धानको दायरामा ल्याउनुपर्ने उनको भनाइ थियो। सो प्रकरण संगठित अपराध भएकाले अब नेपाल प्रहरीले अनुसन्धान गर्ने क्रम ७/८ दिन बाँकी रहेका उल्लेख गर्दै उनले त्यसमा सबैले सहयोग गर्नुपर्ने आवश्यकता औँल्याए।
“अहिलेको हामी सबैले ध्यान दिनुपर्ने विषयचाहिँ नाम आएकाहरू, पोलिएकाहरूलाई कम्तिमा सोधखोजका लागि चाहिँ ल्याउनु पर्यो। अहिले नै अपराधी करार गर्ने होइन,” उनले भने, “तर, नाम आइसकेपछि कम्तिमा पनि त्यो सोधखोजका लागि पनि ती नाम आएका पात्रहरू लिएर आउनु पर्छ।”
सांसद वाग्लेले सो प्रकरणमा अमेरिकी विदेश मन्त्रालय, संयुक्त राष्ट्रसंघीय निकाय र नेपालस्थित अमेरिकी दूतावासको चासो रहनु स्वाभाविकै हुने बताए।
यो प्रकरणलाई ठगी, किर्ते, मानव तस्करी, अन्तर्राष्ट्रिय संगठित अपराध र राजद्रोहमा तहको रूपमा लिनुपर्ने उनको भनाइ छ। उनले भ्रष्टाचारको स्वरूप बदलिएर पैसाबाट शेयर हुँदै अहिले सुन र हीरामा परिणत भएको स्मरण गराए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
