मानव कल्याण आश्रमले छ वर्ष अवधिमा ८५० जनाको उद्धार र उपचार गरेर ४०० जनाभन्दा बढीलाई परिवारमा पुनर्मिलन गराएको छ।
काठमाडौँ– मानव कल्याण समाज (सेवा घर)को स्थायित्वमा भक्तपुरको चाँगुनारायण नगरपालिकाले सघाउने भएको छ।
स्थायी संरचनाको अभावमा समाजले व्यवस्थित रूपमा कार्य नगर्न नसकेकाले भवन निर्माणमा सहयोग गर्ने नगरप्रमुख जीवन खत्रीले बताए। समाजको पाँचौँ वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित कार्यक्रममा नगरप्रमुख खत्रीले यसैवर्ष आवश्यक बजेट विनियोजन गरेर काम थाल्ने बताए।
समाजले चाँगुनारायणबाट शुरू गरेको अनाथ, असहायको उद्धार तथा पुनः स्थापना कार्य मुलुकभरमै उदाहरणीय रहेको उनको भनाइ छ। “तपाईंहरूले अत्यन्तै सराहनीय काम गरिरहनुभएको छ,” उनले भने, “स्थायित्वको जिम्मेवारी अब चाँगुनारायण नगरपालिकाले लिन्छ।”
बाबुआमा पाल्न नसकेर वृद्धाश्रममा राख्ने प्रवृत्तिको विकास भइराखेको समयमा समाजले ८५० जना असहाय, अपांगता भएका र बेसहारालाई ल्याएर उपचार र रेखदेख गर्नु चानचुने कुरा नभएको उनको भनाइ छ। समाजका अध्यक्ष सुमित्रा चौलागाईंले आठ वर्षअघि सात जनालाई सडकमा खाना खुवाएर शुरू भएको अभियानअन्तर्गत हाल भक्तपुरसहित काभ्रे, काठमाडौँ, दाङ र बारामा शाखा स्थापना गरेर सेवा गरिरहेको बताइन्।
छ वर्षमा ८५० जनाको उद्धार र उपचार गरेर ४०० जनाभन्दा बढिलाई परिवारमा पुनर्मिलन गराइएको छ। यस्तो कार्य थाल्दा परिवार र समाजबाट आफूलगायतका सात जना स्वयंसेवी नै बेसहारा बन्नु परेको उनको भनाइ छ। पछिल्लो समय स्थानीय तह, दानवीरलगायत सहयोगी हातहरू बढ्दै जाँदा व्यवस्थापन सहज बन्ने उनको अपेक्षा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
