विज्ञले नेपालमा यो वर्षा कम भई खाद्य संकट निम्तिन सक्ने भन्दै पूर्वतयारीमा लाग्न सरकारलाई सुझाव दिएका छन्।
काठमाडौँ– विज्ञले यो वर्ष नेपालमा खाद्यान्न संकट हुने चेतावनी दिएका छन्। हिउँदमा आवश्यक वर्षा नभएको र मनसुनमा समेत कम वर्षा हुने भएकाले खाद्य संकट निम्तिने भन्दै उनीहरूले खाद्य चक्रलाई सहज बनाउन विशेष कार्यक्रम लागू सरकारलाई सुझाव दिएका छन्।
खडेरी पर्ने हुँदा भोकमरी, कृषि उत्पादनमा कमीलगायत अन्य समस्या सिर्जना हुनसक्ने भन्दै पूर्वतयारी गर्न जलवायु तथा विपद् विज्ञ डा. धर्म उप्रेतीले जोड दिए। गहुँ, धान, मकैलगायत बालीको उत्पादनमा कमी आउने र खाद्यान्न पहिलाको भन्दा बढी आयात गर्नुपर्ने स्थिति आउन सक्ने उप्रेतीले बताए।
“दक्षिण एशिया क्षेत्रमा यस पटक कम वर्षा हुने आकलन गरिएकाले त्यसको असर नेपालमा पनि पर्छ,” उनले भने।
यस वर्ष हिउँदे वर्षा २१ प्रतिशत मात्रै भएको छ। उनका अनुसार यो अत्यन्तै न्यून वर्षा हो। भारतले पनि वर्षायाममा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण गरिसकेको छ।
विज्ञको सुझावका विषयमा सरकार गम्भीर रहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले बताए। मौसमविद्को अनुमानलाई मध्यनजर गरेर सरकारले मौसमी अन्नबालीमा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याएको उनको भनाइ छ।
“कम पानी पर्दा आकाशे पानीका भरमा धान रोप्ने किसानलाई बढी असर गर्छ। नदीलाई हामीले हेर्नुपर्छ भन्ने कुरामा ध्यानाकर्षण भएको छ,” शर्माले भने, “हामीले धान रोप्न पाइयो भने पनि त्यसपछि थप काम हुँदै जान्छ। मौसमी अन्नबाली र मकैमा समेत लगानी बढाउनुपर्छ भन्ने हाम्रो अनुमान छ।”
विशेष गरी धान रोप्ने बेलालाई मध्यनजर गरी सिँचाइमा जोड दिनुपर्ने देखिएको उनले बताए। सरकारले सबै पालिकामा मौसमबारे पूर्वसूचना प्रणाली बिस्तार गरी नागरिकलाई सुसूचित बनाउनुपर्ने सचिव शर्माको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
