किराँत राई यायोक्खाका अध्यक्ष जीवन राईले राज्यले आफूहरूको चाड र सांस्कृतिक पहिचानलाई बहिष्करणमा पारेकाले राज्यलाई खबरदारी गर्दै यस वर्षको उँभौली पर्व मनाइएको बताए।
काठमाडौँ– कोशी प्रदेश नामकरणको विरोध गर्दै उँभौली पर्व मनाइएको छ। किराँत समुदायले मनाउने उँभौली पर्व शुक्रबार देशभरका उल्लासका साथ मनाइएको हो।
प्रकृति तथा भूमि पुजेर मनाइने यस पर्व देशभरका किराँत समुदायले प्रकृति र भूमि पूजा गरेर मनाएका हुन्। यद्यपि, यस वर्ष भने पर्व मनाउने क्रममा किराँत समुदायले कोशी प्रदेश नामकरण गरेकोमा विरोध पनि जनाएका छन्। काठमाडौँको बानेश्वरमा भेला भएका किराँती समुदायले सांस्कृतिक पहिचान झल्कने नृत्य तथा बाजागाजाहरूसहित प्रदेश नामकरणको विरोध गरेको हुन्। उनीहरूले आफ्नो सांस्कृतिक पोशाकसहित ‘कोशी मुर्दावाद’ लेखिएको प्लेकार्ड पनि प्रदर्शन गरेका थिए।
सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै किराँत राई यायोक्खाका अध्यक्ष जीवन राईले राज्यले आफूहरूको चाड र सांस्कृतिक पहिचानलाई बहिष्करणमा पारेकाले राज्यलाई खबरदारी गर्दै यस वर्षको उँभौली पर्व मनाइएको बताए। उनले संघीयताको मर्मविपरीत कोशी प्रदेश नामकरण गरिएको भन्दै त्यसमा आफूहरू विगत दुई महिनादेखि आन्दोलित भएका कारण खुशीसाथ उँभौली पर्व मान्न नसकेको उल्लेख गरे।
“प्रदेशको पहिचानको आधारमा नाम हुन्छ भन्ने कल्पना गरेका थियौँ तर त्यहाँ रातारात केन्द्रको ठूला दलहरूका शीर्ष नेताले सामान्य प्रक्रिया पनि पूरा नगरी रातारात डकैती शैलीमा कोशी प्रदेश ल्याइयो,” उनले भने, “पहिचानका विरुद्धमा भएको कारणले गर्दा हामी सडकमा छौँ। हामी पीडामा छौँ। दुई महिनादेखि सडकमा छौँ। हाम्रो चाडपर्व खुशीको साथ मनाउनुभन्दा पनि खबरदारी, आक्रोश, पीडा व्यक्त गर्नेगरी देशभरिको विभिन्न चोकमा यसरी उँभौली मनाएका छौँ।”
कोशी प्रदेशको नाम परिवर्तन गरी प्राचीन सभ्यता, ऐतिहासिक पृष्ठभूमि र सांस्कृतिक पहिचानको आधारमा पुनः नामकरण गर्न उनले माग गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
