इन्टरनेटको विकाससँगै शुरू भएको डिजिटल पत्रकारिता चुनौती र अवसरको बीचमा रहेको पत्रकार महासंघको भनाइ छ।
काठमाडौँ– नेपालमा गत एक वर्षमा प्रेस स्वतन्त्रता उल्लंघनका ५५ वटा घटना भएका छन्। सन् २०२२ मे ३ देखि २०२३ अप्रिल २६ सम्म ५५ वटा घटना भएको नेपाल पत्रकार महासंघले जनाएको छ।
यस अवधिमा ७५ वटा घटना अभिलेख भएका थिए। यसबाट ९३ जना पत्रकार र ८ सञ्चार संस्था पीडित भएका छन्। यस्तै, पत्रकार गिरफ्तारका २, कब्जा अवरोधका ७, दुर्व्यवहार तथा धम्कीका २४ र आक्रमणका ११ र पेसागत असुरक्षाका ५५ वटा घटना भएका छन्।
इन्टरनेटको बढ्दो प्रयोगसँगै प्रेस स्वतन्त्रतामाथि आक्रमणका प्रवृत्ति पनि बढेको महासंघका महासचिव रोशन पुरीले जनकारी दिए। महासंघ सञ्चार अनुगमन एकाइमा यस वर्ष पनि पत्रकारको पेसागत सुरक्षाको अभाव जनाउँदै सयौँ उजुरी आएको उनको भनाइ छ।
त्यसैगरी इन्टरनेटको विकाससँगै शुरू भएको डिजिटल पत्रकारिता चुनौती र अवसरको बीचमा रहेको महासंघको भनाइ छ। कमजोर साइबर सुरक्षाका कारण अनलाइन सञ्चारमाध्यममा अनधिकृत प्रवेश गरी समाचार हटाउनेजस्ता घटना बढ्न थालेको महासंघका अध्यक्ष विपुल पोखरेलले बताए।
श्रमजीवी पत्रकार ऐन, २०५१ को पूर्ण पालना नहुँदा आज पनि पत्रकारहरू पारिश्रमिकबाट वञ्चित हुनुपरेको उनी बताउँछन्।
संविधान जारी भएको आठ वर्ष हुँदासमेत पत्रकारिता क्षेत्रसँग सम्बन्धित कानुन निर्माण हुन नसकेको अध्यक्ष पोखरेलको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
