कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एसीसी प्रिमियर कपअन्तर्गत नेपाल र यूएईबीचको खेल पुन: शुरू भएको छ। वर्षाले आधा घन्टा खेल रोके पनि ओभर घटाइएको छैन।
काठमाडौँ- कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एसीसी प्रिमियर कपअन्तर्गत नेपाल र यूएईबीचको खेल पुन: शुरू भएको छ।
वर्षाको कारण रोकिएको खेल करिब आधा घण्टापछि पुन: शुरू भएको हो। वर्षा शुरू भएपछि म्याच रेफ्री सारिका प्रसादले १६औँ ओभरमा खेल रोक्न निर्देशन दिएका थिए।
तर, वर्षा रोकिएसँगै खेल शुरू भएको हो। यूएईले अहिलेसम्म १९ ओभरमा ५ विकेट गुमाएर ७९ रन बनाएको छ। वर्षाले आधा घन्टा खेल रोके पनि ओभर घटाइएको छैन।
पहिला ब्याटिङ गरेको यूएईले पानी पर्नुअघि १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाएको अवस्थामा वर्षा शुरू भएको थियो। नेपालका लागि करण केसीले २ तथा सोमपाल कामी, सन्दीप लामिछाने र ललित राजवंशीले एक-एक विकेट लिएका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर कप्तान रोहितकुमार पौडेलले फिल्डिङ रोजेका थिए। आजको खेलमा मुख्य प्रशिक्षक मोन्टी देसाईले एक परिवर्तन गरेका छन्। उनले दीपेन्द्रसिंह ऐरीको स्थानमा तीव्र गतिका बलर तथा अलराउन्डर गुलशन झालाई मौका दिएका छन्।
जल तथा मौसम विज्ञान विभागले आज वर्षा हुने जनाएको छ। यदि, वर्षाका कारण खेल रोकिए मंगलबार पुन: खेलाइने कार्यतालिका छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
