थापाहिटीमा डोरीले तान्न सक्ने र रथ मिलाउन नसकिने भएपछि क्रेनको सहायता लिएको मच्छिन्द्रनाथको रथ निर्माणका मुख्य नाइके दिलकुमार बाराही बताउँछन्।
काठमाडौँ– पाटनस्थित थापाहिटीमा रहेको रातो मच्छिन्द्र (मत्स्येन्द्रनाथ)को रथलाई क्रेनको सहायताले मिलाइएको छ। सोमबार थापाहिटीसम्म तानिएको रथ एक स्थानीयको कौसीमा ढल्किएको थियो। साथै, रथमा रहेको द्ययकु (देवताको) खटले रथको पाङ्ग्रा छुँदा रथ अघि बढाउन नसकिएको स्थानीय सुप्रिन्स शाक्यले बताए।
यसपटक जात्रा शुरू हुनु अघिदेखि नै रथ केही ढल्किएको अवस्थामा बनेको थियो। जसका बाबजुद पनि पाटनका नगरक्षेत्रमा रथलाई विभिन्न स्थानबाट डोरीले तानेर बढाइएको थियो। थापाहिटीसम्म पुग्दा रथको अवस्थामा जटिल भएको थियो।
थापाहिटीमा डोरीले तान्न सक्ने र रथ मिलाउन नसकिने भएपछि क्रेनको सहायता लिएको मच्छिन्द्रनाथको रथ निर्माणका प्रमुख नाइके दिलकुमार बाराही बताउँछन्। यसअघि पनि रथ जोखिमपूर्ण स्थितिमा हुँदा क्रेनको प्रयोग गरिएको बाराहीको भनाइ छ।
पाटनका स्थानीय तथा अध्येता ऋषि अमात्यका अनुसार, यसअघि पनि रथ बिग्रने अवस्था हुँदा क्रेनको प्रयोग भएको थियो। “रथ बिग्रने जोखिम हुँदा एकपटक रथ अघिअघि र क्रेन पछिपछि गएको समेत मलाई याद छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
