रास्वपा समानुपातिक सांसद बिन्दवासिनी कंसाकारलाई सोमबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ गराएका छन्।
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि समानुपातिक सांसद बिन्दवासिनी कंसाकारले सोमबार प्रतिनिधिसभा सदस्य पद तथा गोपनीयताको शपथ लिएकी छन्।
कंसाकारलाई सभामुख देवराज घिमिरेले उनलाई शपथ गराएका हुन्। सरकारले संसद्मा बजेट प्रस्तुत गर्नुअघि उनलाई शपथ गराइएको छ।
यसअघि रास्वपा समानुपातिक सांसद रहेका ढाकाकुमार श्रेष्ठलाई पार्टीले कारबाही गरेपछि उक्त पद रिक्त थियो। मेडिकल कलेज व्यावसायी दुर्गा प्रसाईंसँग २ करोड माग गरेको अडियो सार्वजनिक भएपछि रास्वपाले उनलाई हटाएको हो।
श्रेष्ठलाई हटाएपछि कंसाकारलाई सांसद बनाउने निर्णय भएको थियो। तर, रास्वपाको निर्णय प्रक्रियामा प्रश्न उठाउँदै श्रेष्ठले सर्वोच्च अदालतमा रिट दिएका थिए। सर्वोच्चले श्रेष्ठको मागअनुसार कंसाकारको शपथ रोक्न अन्तरिम आदेश दिएन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
