खडेरी लागेपछि किसानको हौसला र वर्षाका लागि मिथिलाका तत्कालीन राजा जनकले खेतमा हलो जोतिरहेका बेला वैशाख शुक्ल नवमीका दिन जानकी प्रकट भएको किंवदन्ती छ।
जनकपुरधाम– मिथिला क्षेत्रमा हर्षोल्लासका साथ जानकी नवमी (जानकी प्राकट्य महोत्सव) मनाइएको छ।
त्रेतायुगमा वैशाख शुक्ल नवमीका दिन जानकी प्रकट भएको उपलक्ष्यमा शनिबार महोत्सव आयोजना गरिएको थियो। नेपाललगायत भारतका सीताराम मन्दिरमा मनाइने महोत्सव जनकपुरधाममा पनि धूमधामसाथ मनाइएको जानकी मन्दिरका सहमहन्थ रामरोशन दास वैष्णवले जानकारी दिए।
एक सातादेखि जनकपुरधामका सीताराम मन्दिरमा विभिन्न धार्मिक अनुष्ठान गरिएको थियो। वैशाख शुक्ल नवमीका दिन शनिबार विशेष पूजा, दीपावली र आरतीसहितका कार्यक्रम आयोजना गरियो।
खडेरी लागेपछि किसानको हौसला र वर्षाका लागि मिथिलाका तत्कालीन राजा जनकले खेतमा हलो जोतिरहेका बेला वैशाख शुक्ल नवमीका दिन जानकी प्रकट भएको किंवदन्ती छ। सोही दिनको सम्झनामा बिहानै ऐतिहासिक दूधमती नदीमा शाही स्नान, मन्दिरमा प्राकट्य महोत्सव, बेलुका डोला शोभायात्रा, साँझ दीपावली र राति बधैयागानसहित कार्यक्रम आयोजना गरियो।
यस अवसरमा हिन्दु धर्मका विभिन्न संघसंस्था तथा समाजले जनकपुरधाममा धार्मिक र्याली निकालेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
