डीएल मेथडमा ओमानलाई पराजित गर्दै यूएई एसीसी प्रिमियर कपको फाइनलमा पुगेको छ। यूएईले उपाधिका लागि नेपालसँग खेल्ने छ।
काठमाडौँ– ओमानलाई डकवर्थ–लुइस नियम (डीएल) मा पराजित गर्दै यूएई एसीसी प्रिमियर कपको फाइनलमा पुगेको छ। शनिबार ओमानलाई २ रनले पराजित गर्दै यूएई फाइनलमा पुगेको हो। अब यूएईले उपाधिका लागि नेपालसँग खेल्ने छ।
यूएईले दिएको २३७ रनको लक्ष्य पछ्याएको ओमानले ४३ ओभरमा ६ विकेट गुमाएर १९० रन बनाएको थियो। तर, पानी पर्न थालेपछि यूएईलाई ३ रनले विजयी गराइएको हो।
ओमानका ओपनर कश्यप प्रजापतीले सर्वाधिक ४९ रन बनाएका थिए। उनले ४३ बलमा ९ चौका प्रहार गरे।
अर्का ओपनर जितेन्दर सिंहले ६५ बलमा ६ चौकासहित ४२ रन बनाए। उनीहरूबीच पहिलो विकेटका लागि ७९ रनको साझेदारी भएको थियो। कश्यप १६औँ ओभरको तेस्रो बलमा कार्तिक मयप्पनबाट एलबीडब्ल्यू आउट भए।
शोएब खान १९ र कप्तान जिशान मकसूद ४०, आयन खान १ र सन्दीप गौड ४ रनमा आउट भए। मोहम्मद नादिम २४ रनमा अविजित रहे।
यूएईका कार्तिक मयप्पनले सर्वाधिक ३ विकेट लिए। बासिल हमिदले २ र जहूर खानले १ विकेट लिए।
त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको यूएईले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३६ रन बनाए।
ओपनर तथा कप्तान मोहम्मद वासिमले सर्वाधिक ४८ रन बनाए। उनले ३१ बलमा ४ चौका र ४ छक्का प्रहार गरे।
उनले पहिलो विकेटको लागि आर्यन लाक्रासँग ६२ रनको साझेदारी गरे। उनी ११औँ ओभरको दोस्रो बलमा जिशान मक्सूदबाट क्याच आउट भए।
आर्यन २५ रनमा आउट भए। वृत्य अरविन्द १८, रमिज शाहजाद ४६, आशिफ खान ३४, रोहन मुस्तफा ४, बासिल हमिद ३४ र अफजल खान १० रन बनाएर आउट भए।
कार्तिक मयप्पन र जुनैद सिद्दिकी डक आउट भए। ओमानका बिलाल खान र जिशान मक्सूद ४/४ विकेट लिए। आयन खानको नाममा २ विकेट रह्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
